सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रतिनिधिसभामा प्रस्तुत
वि.सं.२०८१ फागुन २८ बुधवार १७:०९
shares

काठमाडौँ । ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेका हुन् ।
विधेयकमा विरोधको सूचना दिएका प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल, मिना तामाङ, रुपा सो.शी (चौधरी) चित्रबहादुर केसी, रामकुमार राई, लेखनाथ दाहाल, पूर्णबहादुर घर्ती र सुमना श्रेष्ठका विरोधका सूचना बहुमतले अस्वीकृत भएपछि मन्त्री अधिकारीले विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।
सरकारले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज भूमिसुधार मन्त्री अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ सदनमा प्रस्तुत गरेका हुन् ।






































