गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभामा अध्यादेश प्रतिस्थापन विधेयकका विरोधका सबै सूचना अस्वीकृत

767
shares

काठमाडौं । प्रतिनिधिसभामा अध्यादेश प्रतिस्थापन विधेयकका विरोधका सबै सूचना अस्वीकृत भएको छ ।

बुधबार प्रतिनिधिसभामा विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत भएका छन् । विधेयक प्रस्तुत हुनु अगाडि परेका विरोधका सूचना निर्णयार्थ प्रस्तुत गरिएको थियो । जसलाई सभाले बहुमतले अस्वीकृत गरिदिएको हो ।सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेले विरोधको सूचना दर्ता गरेका थिए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ) माधव सापकोटाले विरोधको सूचना दिएका थिए ।आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल र रणेन्द्र बरालीले विरोधको सूचना दिएका थिए ।

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, राजेन्द्रप्रसाद पाण्डे, प्रेम सुवाल र मिना तामाङले विरोधको सूचना दर्ता गरेका थिए ।सबै विरोधको सूचना अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले विधेयक सभामा प्रस्तुत गरेका हुन् ।विधेयक प्रस्तुत भएसँगै अब ती विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिक छलफलपछि सांसदहरूले संशोधन प्रस्ताव राख्न सक्छन् । सांसदको संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर दफावार छलफल हुँदै विधेयक अगाडि बढ्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports