तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रतिनिधिसभा बैठक बस्दै

1.07K
shares

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् ।आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।आजको बैठकमा पनि शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन समय छुट्टाइने भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports