नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका दुई जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
वि.सं.२०८१ चैत ८ शुक्रवार १२:१२
shares

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका दुई जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
रविन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई आईजीपी दीपक थापाले शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।उनीहरूलाई फागुन २८ मा बढुवा समितिले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरू यसअघिको बढुवामा छुटेका थिए ।






































