विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज काठमाडौंका यी स्थानमा ९ घण्टा सम्म बिधुत आपूर्ति बन्द हुने

728
shares

काठमाडौँका केही ठाउँमा आज दिनभरि बत्ती जाने भएको छ।

नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भार लगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो।प्राधिकरणले सूचना प्रकाशित गर्दै प्राधिकरणको निर्माणाधिन १३२ केभी शबस्टेसनमा भक्तपुर चपली १३२ केभी प्रशारण लाइनलाई लिलो (लपइन लपआउट) कार्यका लागि काठमाडौँका धेरै स्थानमा विद्युत् आपूर्ति कटौती गर्न लागिएको जानकारी दिएको छ।

यस अवधिमा काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरुबाट सञ्चालन हुने ११ केभी फिडरहरु तथा हेटौँडा ग्रिड महाशाखा र बुटवल ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरुबाट सञ्चालन हुने ११ ३३ केभी फिडरहरु मार्फत् विद्युत् आपूर्ति हुने स्थानमा समेत विद्युत् आपूर्तिमा प्रभाव पर्नसक्ने छ, प्राधिकरणको सूचनामा भनिएको छ।

काठमाडौँको बानेश्वर, रत्नपार्क, जोरपाटी, बालाजु तथा कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् प्रशारण शनिबार बिहान पाँच बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने प्राधिकरणले जनाएको छ। त्यसैगरि हेटौँडा ग्रिड महाशाखा तथा बुटवल ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने फिडरहरुमा पनि विद्युत् प्रशारण शनिबार नौ घण्टासम्म बन्द रहने प्राधिकरणको सूचनामा उल्लेख छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports