विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामाजिक सञ्जालमा जथाभाबी क्लिक नगर्न आग्रह

663
shares

बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक सञ्जालका माध्यमबाट रकम ठगी गर्ने गिरोह सक्रिय भैरहँदा प्रहरीले अपरिचित व्यक्तिले पठाएको लिंक नखोल्न सतर्क गराएको छ ।

प्रहरीको साइबर ब्युरोले आज सार्वजनिक सूचना जारी गर्दै फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट लगायतका प्ल्याटफर्ममा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक गरी व्यक्तिगत विवरण शेयर नगर्न आग्रह गरेको हो ।

सामाजिक सञ्जालबाट ऋण भुक्तानी तथा सेयर मार्केटको प्रलोभन दिएर लिंक पठाउने र त्यसमा क्लिक गर्न लगाएर ठगी गर्ने प्रवृति बढेको ब्युरोका एसपी दिपकराज अवस्थी बताउँछन् । उनका अनुसार ठगहरुले ठगीको लागि नागरिकको मोबाइलमा ‘दी अलर्ट’ मेसेजसमेत पठाउँदै आएका छन् ।

‘तपाईको खातामा असामान्य गतिविधि देखिएकाले तलको लिंकमा क्लिक गरी खाता प्रमाणिकरण गर्नुपर्ने, अन्यथा खाता सस्पेन्ड गरिने चेतावनीसहितको मेसेज (दी अलर्ट, एटी अलर्ट) र सर्ट कोडमार्फत् अनलाईन ठगी बढिरहेकोले त्यस्ता लिंक क्लिक गरी आफ्नो विवरण शेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो डिभाइसमा इन्स्टल नगर्न अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports