प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइपिएल : दिल्लीले बेंग्लुरूलाई ६ विकेटले हरायो

715
shares

इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लुरूलाई हराएको छ।

गएराति एम चिन्नाश्वामी स्टेडियम बेंग्लुरूमा दिल्लीले घरेलु टिमलाई ६ विकेटले पराजित गरेको हो।बेंग्लुरूले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभर खेलेर ७ विकेट गुमाएर भेट्टाएको थियो।त्यसक्रममा केएल राहुलले नट आउट ९३ रन बनाए। उनले ५३ बलमा ७ चौका र ६ छक्का हाने।

ट्रिस्टन स्टब्स पनि २३ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाएर नट आउट रहे। कप्तान अक्षर पटेलले १५ रनबाहेक अन्य ब्याटर चल्न सकेनन्।बलिङतर्फ बेंग्लुरूका भुवनेश्वर कुमारले दुई तथा यस दयाल र सुयाश शर्माले एक/एक विकेट लिए।पहिले ब्याटिङ गरेको बेंग्लुरूले ७ विकेट गुमाएर १६३ रनको सामान्य योगफल तयार पारेको थियो।

बेंग्लुरूका लागि टिम डेविड ३७ रन बनाएर नट आउट रहे। उनले २० बलमा २ चौका र ४ छक्का हाने।त्यसअघि ओपनर फिल सल्टले १७ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ३७ रन बनाएका थिए।कप्तान रजत पाटीदारले २५, विराट कोहली २२ र क्रुनाल पाण्डेले १८ रन बनाए। बाँकी ब्याटर चल्न सकेनन्।बलिङतर्फ विपराज निगम र कुलदीप यादवले दुई/दुई तथा मुकेश कुमार र मोहित शर्माले एक/एक विकेट लिए।

दिल्ली अहिलेसम्म अपराजित छ। ऊ चारै खेलमा जित निकाल्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।बेंग्लुरूको यो दोस्रो हार हो। यसअघि चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो। बेंग्लुरू ६ अंकसहित तेस्रो स्थानमा छ। बेंग्लुरूले पाँच खेल खेलिसकेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports