विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व प्रहरीमहानिरिक्षक राणाको निधन

754
shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ ।

उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए ।राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । त्यसक्रममा इन्स्पेक्टर दर्जामा भर्ना भएर ड्युटीमा खटिनासाथ आफ्नै छोरालाई उनले अत्यधिक द्वन्द्व प्रभावित जिल्ला रोल्पामा खटाएका थिए ।राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छोरा दीपसमशेर राणाले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports