बीरगंजमा आज मध्यान्ह सम्म कर्फ्यु
वि.सं.२०८१ चैत ३१ आइतवार ०७:५२
shares

दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आज (आइतबार) दिउँसो १२ बजेसम्म कर्फ्यू लगाएको हो।
शनिबार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको थियो ।झडपका क्रममा पसलहरूमा तोडफोड र आगजनी भएको थियो ।झडपका क्रममा केही पसलहरूमा आगजनी भएको र स्थानीय बासिन्दा तथा प्रहरीसमेत घाइते भएका छन् ।
घटनापछि वीरगञ्जको अवस्था थप तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरेको छ ।दुई समुदायबीचको दोहोरो झडपलाई नियन्त्रणमा लिने २३ जना सुरक्षाकर्मी घाइते भएका छन् ।





































