आज बाट तत्कालीन गभर्नर अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा
वि.सं.२०८२ वैशाख २ मंगलवार ०९:५५
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ।चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं. २०८१ लेखिएको हुने छ।





































