विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सुनको मूल्य प्रतितोला १७ सयले घट्यो

819
shares

तीन दिनमा १० हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्यमा आज गिरावट आएको छ।

गएको शुक्रबार मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको भाउ आज प्रतितोला एक हजार सातसय रुपैयाँ घटेकाे हो।गएको बिहीबार तोलामा पाँच हजार सातसय, शुक्रबार तीन हजार नौसय र आइतबार एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो।मूल्य घटेर सुन आज तोलाको एक लाख ८४ हजार तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ थियो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर एक हजार नौसय ४५ रुपैयाँ कायम भएको छ।गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports