नेपालाले आयरल्याण्डवाट बिकासका मोडल किन नसिक्ने ?
वि.सं.२०८२ साउन १४ बुधवार १४:३३
shares

रामहरि चौलागाईं
संसारका कतिपय राष्ट्रहरूको इतिहास पीडादायक हुन्छ । आयरल्याण्डको कथा मात्र पीडा होइन, त्यस पीडालाई पार गर्दै लेखिएको समृद्धिको गाथा हो। सन् १८४५ देखि १८५२ सम्मको ‘ग्रेट फमिन’ले लाखौ आइरिसलाई भोकले मर्न बाध्य बनायो, आयरिस समाजको अस्तित्व नै संकटमा परेको थियो। त्यसबेला आलुमा लागेको ‘लेट ब्लाइट’ नामको रोगले मुख्य आहारा नै नष्ट गर्यो। त्यसमाथि बेलायती उपनिवेशवादी शासनको उदासिनताले संकटलाई भयानक बनायो। भोक, व्यथा र विस्थापन, भोकमरीको कारणले गर्दा झण्डै १० लाख मानिसको मृत्यु भएको थियो । २० लाखभन्दा बढी अमेरिका, क्यानडा, अष्ट्रेलियातर्फ आप्रवासी बनेका थिए ।
त्यो बेलामा आयारइस जनजीवन दयनीय थियो सानो जमिन भाडामा लिएर कठोर श्रम गर्नुपर्थ्यो, खानेकुरामा उमालेको आलु, थोरै दूध र कहिलेकाहीँ माछा थियो। सफा पानी र शिक्षा स्वास्थ्य प्राय सुन्य नै थियो । खाद्यन्नको चरम संकट भोग्नुपरेको थियो। त्यसैबेला जन्मियो Irish diasposra आजको विश्वव्यापी आयरिश समुदाय।
सन १९२२ मा आयरल्याण्डले बेलायती उपनिवेशबाट स्वतन्त्रता त प्राप्त गर्यो, तर प्रारम्भिक दशकहरू कृषि प्रधान, संरक्षणवादी अर्थतन्त्रले गर्दा अघि बढ्न सकेन। सन १९८० को दशकसम्म आयरल्याण्डमा गरीबी, बेरोजगारी, र दोहोरिएको आप्रवासन चक्र चलिरह्यो। आयरल्याण्डलाई युरोपको गरीब देशको ट्याग झुण्ड्याइएको थियो ।
तर १९९० को दशकपछि आयरल्याण्डमा आश्चर्यजनक परिवर्तन आयो जुन इतिहासमा “Celtic Tiger” केल्तिक टिगेर्को रूपमा चिनिन्छ। यो चमत्कार केही विशेष निर्णय र दूरदृष्टिको परिणाम थियो ‘शिक्षामा दूरगामी लगानी’ १९६० को दशकदेखि शिक्षामा आमूल सुधार भयो विशेष गरी विज्ञान, प्रविधि र भाषा शिक्षामा जोड दिएको थियो। कर्पोरेट कर नीति, बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षित गर्दै एप्पल, गूगल जस्ता कम्पनीहरूको युरोपियन मुख्यालय आयरल्याण्डमा स्थापना भए । यूरोपेली संघको सहयोग संरचनागत सुधारका लागि अनुदान र प्राविधिक सहयोग भए । फर्मास्युटिकल, र सेवा क्षेत्रको उदय भयो । उच्च दक्ष श्रमशक्ति र उद्यमशील नीतिहरूको फाइदा उठाइयो। सामाजिक र सांस्कृतिक रूपान्तरण आर्थिक समृद्धिले मात्र होइन, आयरल्याण्डले सामाजिक मोर्चामा पनि क्रान्तिकारी परिवर्तन देखायो। महिला अधिकार र समावेशी समाज निर्माणमा उल्लेखनीय सुधार भयो।
विदेशिएका आप्रवासीहरू आयरल्याण्डमा नै फर्कन थाले, देशभित्र आत्मविश्वास बढ्यो। आजको आयरल्याण्ड युरोपको प्रेरणादायी नमूना बनाउदै आयरल्याण्डको परिचय फेरिएको छ। HDI “Very High” प्रतिव्यक्ति आय युरोपकै उच्च मध्ये पर्छ। श्रेणीमा पर्छ। विदेशी लगानीमा निरन्तर वृद्धि भएको पाइन्छ विशेषगरी प्रविधि, जैवप्रविधि र वित्त क्षेत्रमा। शिक्षा र स्वास्थ्य सेवा निःशुल्क निःशुल्क गराइयो । हरित ऊर्जा, नवप्रवर्तन र दिगो कृषिमा नेतृत्वदायी भूमिकाले गर्दा आज आयरल्याण्ड युरोपको टप वानमा गनिन्छ। COVID-१९ पछि समेत देशको तिब्र गती अगाडी बढेको देखिन्छ ।
इतिहासले सिकाएको पाठ आयरल्याण्डको रूपान्तरण युरोपका साना, संघर्षरत राष्ट्रहरूका लागि मात्र होइन, सारा विश्वका लागि एउटा प्रेरणा हो। शिक्षामा लगानी, दूरदृष्टियुक्त नीति, नवप्रवर्तनमैत्री सोच र सामाजिक समावेशीताको संयोजनले एउटा मुलुकलाई कस्तो परिवर्तन दिलाउन सक्छ भन्ने उत्कृष्ट उदाहरण हो आयरल्याण्ड। अन्त्यमा जब कुनै राष्ट्रलाई भोक, उपेक्षा र विस्थापनले थिचेको थियो, त्यही राष्ट्र आज युरोपको समृद्धि र स्थायीत्वको प्रतीक बनेको छ। इतिहास बाधा होइन, प्रेरणा बन्न सक्छ।
आयरल्याण्ड्को बिकास सजिलो थिएन तर तीन कुराले तेस्रो विश्वका धेरै देशभन्दा फरक मोड लियो :
१ शिक्षा र मानव पूँजीमा लगानी १९६० देखि नै आयरल्याण्डले गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विकास गर्न थाल्यो। विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याएर चमत्कार गर्न सफल भएको छ। नेपालमा शिक्षामा सरकारले ठुलो लगानी गरेको भएपनि त्यसको गुणस्तर, रोजगारको अवसरसँगको मेल र राज्यको प्रतिबद्धता सधैं कमजोर बन्न पुगेको छ ।
२ नीतिगत स्थायित्व र लगानीमैत्री वातावरण आयरल्याण्डले सन् १९९० पछि बहुराष्ट्रिय कम्पनीहरूलाई करमा छुट, प्राविधिक दक्षता र सहजीकरण दिएर आकर्षित गर्यो।
३ समावेशी समाज र नवप्रवर्तनमैत्री संस्कृति आयरल्याण्डले सामाजिक उदारवाद, प्रविधिमा हामफाल्ने साहस र युवा सशक्तिकरणलाई प्राथमिकता दियो। नेपालमा अझै पनि नातावाद, पहुँचवाद, जातीय तथा क्षेत्रीय विभाजन कायमै छ ।
नेपालले कहिल्यै उपनिवेश भोगेन तर दुर्भाग्य के छ भने स्वतन्त्रताका साथ आएको उत्तरदायित्व लिने क्षमता देखाउन सकेन। १९५० पछि शिक्षामा लगानी भयो तर शिक्षको लगानि बालुवामा पानी हालेजस्तो भएको छ। बेरोजगारी झन् बढेको छ। १९९० पछि लोकतन्त्र आयो तर नीतिगत अस्पष्टता झन् गहिरियो। निजिकरणका नाममा देशका कलकारखाना कौडीका भाउमा बेचियो । नीति निर्माणमा अस्थिरता र अन्योल सधै रह्यो। सरकार पटक–पटक फेरिए । योजनाहरू सुरु नहुँदै पुनरावलोकनमा परे। दातृ निकाय र लगानीकर्ताहरूको विश्वास जित्न सकेनन।
सन २००८ पछि नेपालमा गणतन्त्र आयो तर, जनउत्तरदायी शासन प्रणाली आउन सकेन। राजनीतिक अस्थिरता, मिलिजुली सत्ता सन्चालन र दलगत स्वार्थका कारण कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैजसो पक्ष प्रभावहीनजस्तै बनेका छन्। देशलाई कुनै बाह्य शक्तिले होइन, आफ्नै शासक वर्गले दबाएर, रोकाएर र छेकेर राखेको देखिन्छ। निर्णय लिन नसक्ने, कुनै नीति निरन्तरता नगर्ने र जवाफदेही नहुने प्रवृत्तिको विकास भएको छ । नयाँ बन्ने सरकारले पुरानो योजनामा पुनरावलोकनको नाममा ढिलासुस्ती गर्ने। भिजनभन्दा सस्ता नारा दिए। विश्वविद्यालयहरू डिग्री दिने कारखाना बने तर, उत्पादन बेरोजगारहरू मात्र भए। नेपालमा नातावाद, परिवारवाद, पहुँचवाद, धनबाद, डनबाद र जातीय क्षेत्रीय बाद निर्णायक छन्।
पढेलेखेका, स्वच्छ निसकलन्क ब्यक्तिहरु ओझेलमा पर्छन। अवसर सिर्जना गर्नुको साटो, सीमित स्रोतहरू आफ्ना लागि बाँड्ने प्रवृत्तिले राष्ट्रलाई कमजोर बनाएको पाइन्छ । देश भित्र रोजगार नपाएपछी अधिकांस युवा शक्ति बिदेश पलायन भएका छन ।
गाउँगाउँमा सरकार भनिए पनि, वास्तविकता लुट र भ्रष्टाचारले गाँजिएको छ। संघीयता कार्यान्वयन भएको भनिए पनि साधन, स्रोत र अधिकार अझै केन्द्रमै सीमित छन्। स्थानीय तहमा पहुँच त पुगेको छ, तर प्रभावकारिता र जवाफदेहिताको गम्भीर अभाव छ। देशको अर्थतन्त्र वैदेशिक सहयोग र रेमिट्यान्समा भर परेको छ।
खाद्यान्न, तरकारी, फलफूल जस्ता आधारभूत उपभोग्य सामग्री समेत आयात गर्नु पर्ने स्थिति छ। कृषिप्रधान देश भनिए पनि खेत बाँझा छन् र बेरोजगारी उच्च छ।
सरकार छ तर नागरिक असुरक्षित महसुस गर्छन्। शासकहरू सत्तामा कसरी टिक्ने भन्ने चासोमा केन्द्रित छन्, देश र जनताको दीर्घकालीन हिततर्फ उनीहरूको ध्यान छैन। योजनाहरू नारामा मात्र सीमित छन्, व्यवहारमा लागू हुने अवस्था दुर्लभ छ। यही हो आयरल्यान्ड र नेपालको मुख्य अन्तर।
आयरल्याण्डले पनि संघर्ष गर्यो, तर दूरदृष्टि र जवाफदेही नेतृत्वको कारण विकासको मार्गमा अगाडि बढ्यो। नेपालमा भने नेतृत्वको चरित्र परिवर्तन नहुँदासम्म संघीयता, गणतन्त्र वा कुनै पनि प्रणालीले मात्र देश परिवर्तन गर्न सक्दैन। नेपालसँग स्रोत, साधन, जनशक्ति सबै छ तर साहस र स्पष्ट दिशा छैन । यो लेख निराशाको होइन, चेतनाको आह्वान हो।
लेखक : रामहरि चौलागाइ, संचार समुह नेपालका सस्थापक अध्यक्ष तथा गोलमेच आवाजका प्रधान सम्पादक । हाल :टेक्निकल युनिभरसिटी सानन युरोपमा अन्तराष्ट्रीय कानुन र समाज शास्त्रा रिसर्च गरिरहेका छन् ।

































