सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज माओवादीको पदाधिकारी बैठक बस्दै

650
shares

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार बस्दैछ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।स्थायी कमिटी बैठकको एजेन्डा र केन्द्रीय समिति बैठकको तयारीबारे पदाधिकारी बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले बताए।

बिहीबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।उक्त बैठकले केन्द्रीय कमिटीमा बैठकको एजेन्डा तय गर्नेछ। केन्द्रीय कमिटी बैठकको मिति भोलि बस्ने स्थायी कमिटीले तोक्ने उपाध्यक्ष सापकोटाले बताए।’आजको बैठकमा स्थायी कमिटीको एजेन्डा, समसामयिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुन्छ,’ उनले भने।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports