सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चर्चित भोजपुरी अभिनेत्री रानी चटर्जी काँग्रेस पार्टीमा प्रवेश

546
shares

चर्चित भोजपुरी अभिनेत्री रानी चटर्जी काँग्रेस पार्टीमा प्रवेश गरेकी छन् । भारतको उत्तरी प्रदेशको चुनावी माहोलका बीच उनी काँग्रेसमा प्रवेश गरेकी हुन् । आफु काँग्रेसमा प्रवेश गरेको उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् । काँग्रेस प्रवेशपछि चुनावमा उम्मेद्वार बन्ने बिषयमा भने उनले आफु अहिले काँग्रेसको प्रचारक मात्र बन्ने बताइन् ।

 

रानी फिल्ममा बोल्ड भूमिकाको कारण चर्चित छिन् । उनी सामाजिक सञ्जालमा ग्ल्यामरले भरिपूर्ण तस्बिर समेत सार्वजनिक गर्ने गर्दछिन् । नेता बनेपछि ग्ल्यामर छवि परिवर्तन हुने त होइन भन्ने प्रश्न समेत उनलाई गरिएको थियो । नेतृ बनेपछि आफ्नो ब्यवहार र ग्ल्यामरमा कुनै परिवर्तन नआउने उनले जवाफ दिएकी छन् ।

‘म गीताबाट सिता भन्ने छैन । मैले भर्खर नयाँ जिम्मेवारी पाएको छु । राजनीतिमा आएपनि मेरो ग्ल्यामरको अन्त्य हुँदैन । रानीले २००४ को फिल्म ‘ससुरा बडा पैसावाला’ बाट अभिनय करियर सुरु गरेकी हुन् । फिल्ममा उनको अपोजित भूमिकामा मनोज तिवारी रहेका थिए । यसपछि उनले धेरै हिट फिल्म दिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports