सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खु्रश्चेव, घानी, राजापाक्ष, हसिना झैं लखेटिनु पर्ला

1.05K
shares

 

राजन कार्की
कुनै दिन ख्रुश्चेव लखेटिएका थिए, केही वर्ष अघि निर्वाचित अफगानिस्तानका राष्ट्रपति असरफ घानी भागेका थिए । ३ वर्षअघि श्रीलंकाका महेन्द्र राजापाक्षका परिवारले ज्यान जोगाएर भागेकै हुन् । २ वर्ष हुनलाग्यो, बंगलादेशकी निर्वाचित राष्ट्रपति शेख हसिना सेनाको सहयोगमा ज्यान जोगाएर भारतमा भागिन् ।
महिनादिन अघि भदौ २३ र २४ गते नेपालमा जेनजी पुस्ताले आन्दोलन गरेका थिए, दुई तिहाईको सरकार ढल्यो, प्रधानमन्त्री, गृहमन्त्री भागाभाग भए । सेनाले राजनीतिक नेताहरुलाई बचाइदियो । सत्ता कतिसम्म क्रुर र निरंकूश हुने रहेछ भने १० वर्षे बालबालिकालाई समेत गोली ठोकेर मारिदियो । सुरुको दिनमा १९ जना मारिएका थिए, दोस्रोदिनदेखि मर्नेको संख्या ७६ नाघिसकेको छ । घाइते र अपाङ्ग कति छन्, गन्ती गर्न पनि छाडिएको छ ।
विद्रोह सफल भयो । तर विद्रोहीले सत्ता चलाउन पाएनन् । बिद्रोही जेनजी पुस्ताको सफलतालाई अपहरण गरियो । सत्तामा जो पुगे, यही असफल संविधानवादी पुगे । तिनले यही संविधानको सपथ खाए । यही संविधानअनुसार चुनाव गर्छु भने ।
आश्चर्य, बिद्रोही सफल भएपछि संविधान मरेकै हो । बिद्रोहीको समर्थनमा निर्माण भएको अन्तरिम सरकारले संविधान खारेज नगर्नुका कारणले संविधान ब्रम्हनालबाट बचाउन खोजिएको छ । जितेका जेनजी पुस्ता सुशासन दिन्छु भन्छन् । भ्रष्टाचारको अन्त गर्छु भन्छन् । जबकि सत्तामा जेनजी पुस्ता छैन । अर्को आन्दोलन गर्ने कुरा गर्छन्, भ्रष्ट र नैतिकहीन नेताहरु जेनजी पुस्तालाई दण्ड दिने मूडमा अग्रसर भएका छन् ।
संविधान म¥यो । पुरानो सत्ता ढल्यो । ढलेकाहरु उठ्छौं भन्छन् । ढाल्नेहरु सुधार गर्न नसके अर्को आन्दोलन गर्ने भनेर सुरसार गर्न थालिसके ।
के अब फेरि अराजकता ? फेरि रक्तपात ? अन्तरिम संविधान घोषणा गर्न नसक्दा, यही संविधानअनुसार सपथ खान्न भन्न नसक्दा प्रधानमन्त्री सुशीला कार्की चक्रव्यूहमा फस्न पुगेकी छिन् । नयाँ पुस्ता उपलब्धिहीन भएका छन् । जेनजी पुस्ताले ज्यान गुमाए, व्यर्थमा गुमाएछन् भन्न थालिएको छ ।
अर्थात् देशको भविष्य धुमिल थियो, अन्धकार बन्नपुगेको छ । जेनजी पुस्तामा उत्साह छ तर तिनले पाउनुपर्ने, तिनले चलाउनु पर्ने सरकार अरुले नै चलाउन थालेकाले जेनजी पुस्ता र तिनको त्याग र तपस्या, बलिदान खेर जाने र अर्को आन्दोलन गर्नुपर्ने आवश्यकता टड्कारो देखिन थालेको छ ।
इतिहासका घटनाक्रमबाट रगत चुस्न पल्केका राजनीतिमा लागेकाहरु चेतेनन् । देशलाई रक्तकुण्ड बनाउन हौसिएका देखिन्छन् । कांग्रेस सभापतिले नेतृत्व पुस्तान्तरण गर्न अग्रसर भएका छन् तर माओवादी र एमाले अर्को अवसरको ताकमा देखिनु दुर्भाग्य हो । तिनले जेनजी पुस्ताको माग र अपेक्षामा सहयोग गर्छु भन्न नसक्नु आगामी दिन अरु भययुक्त हुनेछ भन्ने संकेत हो ।
नेपालको भविष्य अनिश्चित छ । आँधी आउनु अघिको शान्तिजस्तो छ । सुनामी आउने सुसाहट अनुभवीहरुले सुन्न थालेका छन् । कम्युनिष्ट निकिता ख्रुस्चेभ र असरफ घानी, राजापाक्ष, शेख हसिना लखेटिएझैं लखेटिने को को होलान् नेपालमा ? ७६ जना जेनजी पुस्ता मारिएझैं कति बालबालिकाले ज्यान गुमाउनु पर्ने हो आउने दिनमा ? कतै यो अराजकताको कारण, नेपालले अस्तव्यस्तबाट ध्वस्त हुने र अस्तित्व नै गुमाउनु पर्ने त होइन ?
खु्रस्चेभ रेड आर्मीका नेता थिए, असरफ घानी दुईपल्ट राष्ट्रपति जित्ने प्रजातान्त्रिक निरंकूश थिए । राजापाक्ष वर्षौंदेखि एकछत्र परिवारवाद चलाइरहेका थिए । शेख हसिनाले बहुमतका नाममा देश लुटिरहेकी थिइन् । ती सबैप्रति जनताको आक्रोश थियो, जनआँधी आयो, बढारिए । भागम्भाग गरेर ज्यान बचाएका हुन् ।
जनताको नजरमा यी सबै विदेशीको दलाल र गरेको कारण ‘लाल गद्धार’ थिए ।
नेपाली नेतामाथि विदेशीको दलाली गरेको र स्वदेशमा भ्रष्टाचारको साम्राज्य खडा गरेको आरोप थियो । त्यसकारण नेपोटिजम, भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आन्दोलन ग¥यो । आन्दोलनले २७ घण्टामा सत्ता पल्टायो, संविधान मारिदियो, नेताहरुको मुटु हल्लाइदियो । अब नेपाल नेताहरु भाग्नुपर्ने मोडमा पुगेको छ । हाम्रा नेताहरु ‘लाल गद्धार’भन्दा कम छैनन् । यिनले एउटा पनि देशभक्तिपूर्ण काम गरेको नागरिकलाई सम्झना छैन । यिनले जे गरे, देशलाई लुटे । जनता यसकारण जेनजी पुस्ताको पक्षमा एक छन् ।
नपाली कांग्रेस एमाले, माओवादी र राप्रपा, रास्वपा, जसपा तथा यिनीहरुबाट टुटे फुटेका पार्टी नेताहरुको राजनीति जनताको सर्वाधिकारमाथि, जनताको आकांक्षा र अपेक्षामाथि तुषारापात गर्ने कित्ताको भएकाले यिनीहरुप्रति जनताको मनको घृणाभावको डिग्री बढ्दै गएको हो । एउटा बिन्दुमा पुगेपछि जसरी पानी उम्लन्छ, त्यसैगरी जनआक्रोश पनि उम्लने विन्दुमा पुग्यो, जनताले सकेनन्, जेनजीपुस्ताले आन्दोलन छेड्यो ।
०४६ सालपछि हेरौं, ०६३ सालपछि हेरौं, पार्टी र पार्टी नेता तथा प्रशासकका कृयाकलाप हेर्दा कठपुतली र कठमूल्ला भन्दा फरक पर्दैन । यिनीहरु विदेशी कठपुतलीजसरी चल्छन् र जब चल्छन्, बोल्छन्, हाउभाउ गर्छन् ः कठमूल्लाको अनुहारमा देखिन्छन् । यी सबै स्वार्थका सामु लम्पसारवादी हुन् । यिनको प्राथमिकता स्वार्थ हो, देश र जनता होइनन् ।
०४६ साल पछिका अधिकांश नेता सबै अर्काले चलाए चल्ने, नचाए नाच्ने ब्याट्रीबाट चलाउन मिल्ने टेलिभिजन जस्ता छन् । झट्ट हेर्दा यी सबै नेपाली जनताका नायक हुन् । जब एउटा राजदूतले दूतावासको कोठाबाट, एउटा विदेशी नेताले विदेश उठबस गराउँछ अनि लाग्छ, यिनीहरु कठपुतली हुन् । यिनीहरु आआफ्नै अहंमा जब पागल उफ्रे झैं उफ्रिन्छन् र आआफै बीच भागबण्डाको अहंकारमा लडन्त भिडन्त गरेर भुइँमा बजारिन्छन्, अनि यिनीहरु कठमूल्लाजस्ता लाग्छन् । स्पष्ट भन्ने हो भने आत्मनिर्णयको अधिकार हाम्रो नेतृत्व बर्गले गुमाईसकेका छन् । नेपोटिजम र नेपोबेबीइजम यिनको उद्देश्य हो ।
इतिहासको एउटा घटना साक्षी छ, जनताको समर्थन र लोकप्रियताको गलत प्रयोग गर्ने खु्रश्चेव अन्ततः नूनखानीमा लखेटिएका थिए । राजापाक्ष, शेख हसिना अथवा घानी सबै सत्ताको दुरुपयोग गर्नाले जनताको घृणाका सिकार भएका हुन् ।
जेनजी पुस्ताले गरेको आन्दोलन पनि नेता र प्रशासकप्रतिको घृणा नै हो ।
स्वार्थका लागि मरिहत्ते गर्ने राजनीति र प्रशासन चलाउनेका कारण विदेशीले हाम्रा नेताको मानसिकतामा साम्राज्यवाद, बिस्तारवाद र हैकमवादको विष घोल्न सफलता पाए । नेपाल सामरिक महत्वको स्थलमा बाह्य मुकाम बन्न थालेका छन् । बाह्य आधारभूमि बन्न दिनुपर्छ भन्नेहरु हाम्रा लोकतान्त्रिक नेता बनेका छन् । नेपाल बिस्तारै बिस्तारै संक्रमणबाट संकटतिर उन्मुख हुँदैछ । नेपालले स्वाधीनता गुमाउँदै गएकोमात्र होइन, निर्णायक शक्ति पनि क्षीण बन्दै गएको देखिन्छ । देश बचाउने र जनशक्तिलाई निर्णायक बनाउने हो भने जेनजी पुस्ताले स्वार्थको फोहर बढार्नैपर्छ । अर्को आन्दोलन जरुरी देखिन्छ ।
प्रशासक र राजनीतिज्ञको नङ्गा नाचले सीमा नाघिसक्यो ।
बिहारीले देखाउने हातको सफाया खेलजस्तै गणतन्त्र देखाएर विदेशीतन्त्र चलाउने, स्वार्थपूर्ति गरेर नेपोटिजम र नेपोबेबीइजम निरन्तर चलाउने यिनको भ्रममा अब कोही पनि पर्नुहुन्न ।
नेपाली जनताको छोरो राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायको जिम्मेवारीमा पु¥याए भनेको त, विदेशी मट्याङ्ग्रा र जुकापो रहेछन् । हाम्रा नेताहरुको ०४६ साल पछि अझ २०६३ सालपछिको चरित्र भनेको अवसरवादीता हो । अवसरबाद सधै धोखाधडीमात्र गर्छ । सहाराको मरुभूमिमा बेडोइन्स जातिका फिरन्ते मानिसहरु बस्छन् । उनीहरु घर बनाउँदैनन् । त्यो जाति र हाम्रा नेताहरु उस्तै उस्तै काँटका अथवा एउटै बर्गका प्राणी हुन् । यिनीहरुमा चेतना र स्वाभिमान भएको भए राष्ट्रलाई यसरी बिचल्ली र हरिबिजोकमा पार्ने थिएनन् । के छ सुरक्षित ? को छ सुरक्षित ? कहाँ छ न्याय, बिधिको शासन ? बाहुबली र अपराधतन्त्रले देश घाइते भइसक्यो । स्वार्वभौमिकताको द्रौपदीको चीर हरण भएझैं दिनदिनै बलात्कार भइरहेको छ । यिनीहरु र सहाराको मरुभूमिका घुमन्ते बेडोइन्स जातिमा के भिन्नता रह्यो र ? न तिनको पहिचान थियो, न यिनको पहिचान छ । भतुवालाई बिगौती । यी शासक प्रशासकहरु दूध विदेशीलाई खुवाएर बिगौतीमा मख्ख परिरहेका छन् । देश र जनतालाई अझै जोखिममा पारिरहने ?

हिजो नयाँ नेपाल बनाउँछु भन्थे, आज साबुत नेपाललाई संकटमा फसाए । प्रजातन्त्रबाट उज्यालो दिन्छु भन्थे, आफू उज्यालोमा बसे जनतालाई अन्धकारमा धकेले । राजनीतिलाई व्यवसाय बनाइदिए । प्रशासक दलाल बने । नीति, नैतिकता, सिद्धान्त सबै सत्ता र स्वार्थसँग साटिसके ।
यी नेताहरुलाई स्मरणरहोस्, माओ र च्याङ्काईसेकबीच डरलाग्दो बैचारिक व्दन्व्द थियो तर यी दुबै नेता चीनको राष्ट्रिय अखण्डतामाथि जापानले धावा बोल्दा एउटै मोर्चामा बसेर देशका लागि लडे । देश संकटमा छ, जेनजी पुस्तालाई अवसर दिएर देशको मुहार फेर्ने र अस्तित्वरक्षाको गुरुतर दायित्व दिनुपर्ने बेलामा बुद्धि आएन भने लखेटिने दिन पर छैन ।
शासन, प्रशासनका सुतुरमुर्गहरुलाई चेतना रहोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports