सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्री अर्यालकै कारण दलहरुमा अविश्वास बढ्दो ?

806
shares

 

भाद्र २३ गते भएको जेन–जीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको नरसंहार काण्डले गर्दा मुलुक नै संकटतर्फ उन्मुख हुँदै गएको छ । भाद्र २३ गते जेन–जीहरुले गरेको शान्तिपूर्ण विरोध प्रदर्शन कसरी एकाएक भड्कियो ? संसद भवन पुगेर जेन–जीहरुहरुले आफ्नो विरोध प्रदर्शन सफल भएको र विरोध प्रदर्शनमा घुसपैठ भएको भन्दै दिउसंसा १ ः ३० बजे नै आफ्ना जेन–जीहरु विद्यार्थीहरुलाई घर फर्किन विज्ञप्तिमार्फत जानकारी गराएका थिए । धेरै जेन–जीहरु घर फर्किरहेका बेला कसरी अचानक विरोध प्रदर्शन भड्किरो ? अब त्यसको निष्पक्ष रुपमा छानविन र अनुसन्धान गरेर त्यस्ता व्यक्तिहरुलाई कानुनी दायारमा ल्याउनैपर्दछ । २३ गतेको विरोध प्रदशर्नलाई अांंकलन गर्न नसक्नु सुरक्षा निकायको गल्ती थियो । २३ गते गोली चल्यो काठमाडौमा १७ र इटहरीमा गोली चल्दा २ जना गरी १७ जनाको निधन भैसकेको अवस्थामा भोली पल्ट २४ गते विरोध प्रदर्शन हुन सक्छ भनेर किन सुरक्षा निकायले त्यही अनुरुपको सुरक्षा व्यवस्था मिलाएन ?
२४ गते सिंहदरबार जल्यो, संसद भवन जल्यो, राष्ट्रपति कार्यालय जल्यो सर्बोच्च अदालत जल्यो, जिल्ला अदालत काठमाडौ, विशेष अदालत लगायत मुलुकभरकै सरकारी कार्यालय, प्रधानमन्त्री निवास, सरकारी भवन, प्रहरी कार्यालयहरु जले । २४ गते विहानै देखि मानिसहरु विभिन्न ठाउँमा जम्मा हुन थालिसकेका थिए तर सुरक्षा निकाय भने प्राय मौन थियो । सिंहदरबारसहित सर्बोचच अदालत, प्रधानमन्त्रीको सरकारी निवास, राष्ट्रपतिको कार्यालय जल्दा किन त्यहाँ तैनाथ रहेका सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुलाई रोक्न सकेनन् ? काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुखले किन सुरक्षा व्यवथालाई चुस्त र दुरुस्त राख्न सकेन ? बरु उल्टो विभिन्न ठाउँमा तैनाथ सुरक्षाकर्मीहरुलाई आफ्नो ज्यानको सुरक्षा गर्न आदेश दिए के त्यो आदेश साँच्चीकै दिएको हो भने उनीमाथि समेत अनुसन्धान हुनुपर्दछ ।
भाद्र २३ र २४ गतेको काण्डले गर्दा तत्कालिन केपी ओली नेतृत्वको सरकार ढल्यो । भाद्र २७ गते पूर्वप्रधानन्यायाधिश सुशिला कार्की, प्रधानमन्त्री नियुक्त भईन् । गृहमन्त्रीसहित केही मन्त्रीहरु २७ गते नै नियुक्त भएका थिए । कार्की नेतृत्वको सरकारले संसद विघटन गर्न सिफारिस गरेनुसार राष्ट्रपतिले संसद विघटन गरेर आउँदो फागुन २१ गते निर्वाचन गर्न सरकाररलाई मिति नै तोकिदिएको पनि कार्की सरकारकै निर्णयमा हो । कार्की सरकार गठन भएको ३६ दिन वित्दा समेत सरकारले निर्वाचनको निष्पक्षता र दलहरुको विश्वास जित्न सकेको छै भने दलहरुले निर्वाचनको माहोल सरकारले नै बनाउनुपर्ने भन्दै निर्वाचनमा जान सहज वातावरण सरकारले बनाएको खण्डमा र निर्वाचन निष्पक्ष हुने ग्यारेन्टी गरेमा आफूहरु निर्वाचनमा जाने बताइरहेका छन् । तर, आजसम्मको सरकारको काम कारबाही हेर्दा फागुन २१ गते निर्वाचन हुन सक्ने आधार देखिएको छैन ।
भाद्र २४ गते भएको आगजनीमा विभिन्न व्यक्तिहरु संलग्न रहेको भन्दै प्रहरीले प्रमाणसहित पक्राउ गरेकोमा गृहमन्त्रीले पक्राउ परेका व्यक्तिलाई रिहा गर्न आदेश दिएअनुसार त्यस्ता व्यक्तिहरु रिहा भैसकेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको द्वेय चरित्रले गर्दा दलहरुप्रति अविश्वास बढ्दै गएको छ । एकातिर गृहमन्त्री अर्याल तत्काल तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी थुनामा राख्नुपर्ने बताउँदै आएका छन् भने २४ गतेको नरसंहार काण्डमा प्रमाणसहित पक्राउ गरेका व्यक्तिलाई गौरीबहादुर कार्की आयोगले छानविन र अनुसन्धान गर्नेछ भनिरहेका छन् । तर ओली र लेखकलाई कार्की आयोगले अनुसन्धान छानविन गरिरहनु पर्दैन भन्ने गृहमन्त्री आयोगको बोली बालेन साहको बोलीसँग ठ्याक्कै मिलेको छ ।
निकै लामो समयदेखि नै बालेन साहले सिंहदरबारमा आगो लगाउँछु ए चोर सरकार भन्ने स्टाटस् लेखेका थिए । सिंहदरबारमा आगलागी भयो तर किन बालेन साहमाथि अनुसन्धान र छानविन हुन सकेको छैन ? अर्याल साहका कानुनी सल्लाहकार समेत रहेका र उनलाई बालेनको सहमति बेगर अन्य केही बोल्न र गर्न सकेका छैनन् । मुलुकको गृहमन्त्री नै एक व्यक्तिको आदेश पालना गर्ने भएपछि गृह प्रशासन पँगु हुने निश्चित जस्तै देखिएको छ । अहिलेको कार्की सरकारले पनि तिनै गृहमन्त्री अर्याललाई विश्वास गरेर अघि बढेको हुनाले गृह प्रशासन समेत अन्यौलमा रहेका र अन्योलले प्रहरी प्रशासनमा समेत हस्तक्षेप गर्ने प्रयास गरेकाले प्रहरी प्रशासन समेत अन्यौलमै रहेको छ ।
राजनीतिक दलको सहमति विना निर्वाचन हुन सक्दैन । राजनीति दलहरुलाई निर्वाचनमा संलग्न गराउने दायित्व सरकारकै हो । तर सरकारका मन्त्रीहरु नै राजनीतिक दल र तिनका नेताहरुमाथि खनिरहेकाले गर्दा तोकिएको मितिमा सहज रुमपा निर्वाचन हुन सक्छ भने विश्वास जनतालाई छैन । जेन–जीहरुका धेरै गुट र उपगुट रहेका र एउटा गुटले भनेको अर्को गुटले स्वीकार नगर्ने गरेकाले त्यसको फाइदा जेन–जीहरुको विरोध प्रदर्शनमा पानी बाड्ने मान्छे हुँ म नेता होइन भन्ने सुदन गुरुङसहितका अर्याल जस्ता व्यक्तिले उठाईरहेका छन् । अर्याल गुरुङसहितका धेरै व्यक्तिहरु बालेन साहको निर्देशनमा चल्ने गरेकाले निर्वाचनको माहोल बन्न सक्दैन भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports