सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानी सेनाको क्याम्पमा आत्मघाती आक्रमण, ७ सैनिकको निधन, १३ घाइते

754
shares

पाकिस्तानमा अफगानिस्तान सीमानजिकै उत्तरी वजिरिस्तानमा रहेको सैनिक शिविरमा आत्मघाती आक्रमण भएको हुँदा सात सैनिकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

यद्यपि अधिकारीहरूले आफ्ना कुनै पनि सैनिकको मृत्यु नभएको दाबी गरेका छन्।रोयटर्सका अनुसार, आक्रमणकारीहरूले विस्फोटक पदार्थले भरिएको गाडी मिर अली क्षेत्रमा रहेको सैनिक शिविरको भित्तामा ठोकाएका थिए। गाडी चलाउने आक्रमणकारी पनि विस्फोटमा मरेका छन्। त्यसपछि तीन आतंककारी शिविरमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए, जसलाई जवाफी कारबाहीमा मारिएको छ।

यसैबीच तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले मिर अलीस्थित सुरक्षा बलमाथि भएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ। टीटीपीले आफ्नो खालिद बिन वालिद आत्मघाती टोली र तेहरिक तालिबान गुलबहारले आक्रमण गरेको बताएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports