प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने

923
shares

काठमाडौँ । सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन् ।अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने उल्लेख गरे ।

प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिकाका साथै कार्य मूल्याङ्कनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको बताए ।त्यस्तै मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उनले त्यस्तै मन्त्रिपरिषद्ले आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३ औँ इन्टरपोलको महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको बताए ।

त्यस्तै वैदेशिक रोजगार, अदालतका मुद्दा व्यवस्थापन, वैदेशिक अध्ययन अनुमति सेवा, अध्यागमन, नागरिकता, सामाजिक सुरक्षा, बन्दिको पहिचान लगायतका लागि विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।बैठकले समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय पनि गरेको उनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports