२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाई पक्राउ विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

1.55K
shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध नागरिक बचाउ दलले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेपछि सो पार्टी उनको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने भएको हो ।नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले मंसिर ७ गते नपर्खिकन आजैबाट देशव्यापी आन्दोलनमा उत्रिने जानकारी दिए ।

आज पहिलो चरणमा प्रसाईँलाई तत्काल, विना सर्त र सरसम्मान रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने उनले जानकारी दिए ।प्रसाईको पार्टीले यहि मंसिर ७ गते देशव्यापी प्रदर्शनको तयारी गरेको थियो । तर हिंसा भड्काउ अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले सोमबार मध्यरातमा उनलाई निवासबाटै पक्राउ गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports