२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नारायणीमा पानीको सतह अहिले सम्मकै उच्च, दर्जनौ बस्ती डुवानमा

52
shares

नवलपुर । नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी पुलमाथि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो १:५० बजे नारायणीमा पाानीको सतह ११.९१ मिटर पुगेको थियो । बहाव बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रमा ७.३ मिटर पानीको सतहलाई चेतावनीको तह र ९ मिटरलाई खतराको तह मानिन्छ ।पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताए ।पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको उनले बताए ।

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर, श्रव्यदृश्य सामग्री खिच्न रोक लगाइएको छ । नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका सवारीसाधनलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटमा रोकिएको छ ।नदीमा पानीको बहाव घटेपछि सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports