२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकप्रियतावाद लामो समयसम्म टिक्दैन

लोकप्रियतावाद नै सत्तामा बस्नेहरुको लागि पतनको बाटो हो भन्ने हेक्का बालेन सरकारलाई होस्

260
shares

काठमाडौ । लोकतन्त्र भनेको राजनीतिक यात्राको पहिलो खुड्किलो मात्र होइन यो व्यवहारमा देखिने राजनीतिक दल र तिनका नेताहरुको व्यवहार समेत हो । निर्वाचन जित्नुमात्र र सरकार निर्माण गर्नुमात्र लोकतन्त्र हुन सक्दैन । लोकतन्त्र भनेको जनताको ‘तन्त्र’ हो, जनतालाई लोकतान्त्रिक अधिकार दिलाउने काम राजनीतिक दल र तिनको नेताहरुकै हो ।
लोकतन्त्र भनेको विधिको शासन समेत हो । निर्वाचनमा भात्र लिएपछि जितहारलाई स्वाभाविक रुपमा लिन सक्नु नै लोकतान्त्रि पद्दति हो । निर्वाचन जितेर सरकार निर्माण गर्दैमा लोकतान्त्रिक हुन सकिँदैन, सरकारले जनताको विश्वास जितेर जनताको हितमा काम गर्न सकेको खण्डमा मात्र लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्छ । जनतालाई उपेक्षा गरेर राजनीतिक स्वार्थ र व्यक्तिगत स्वार्थ पुरा गर्न लागि परेको खण्डमा जनताले विद्रोह गर्न सक्छन् भन्ने हेक्का राजनीतिक दल र सरकारमा रहेका व्यक्तिहरुलाई हुनुपर्दछ ।
निर्वाचन जितेर संसदमा प्रवेश गर्नु राजनीतिक उपलब्धि मात्र हो । प्रभावकारी संसदीय अभ्यास सिक्नु र त्यसलाई निरन्तरता दिनु संस्थागत जिम्मेवारी समेत हो । नयाँ सांसदहरुका लागि संसद राजनीतिक करियरको महत्वपूर्ण खुड्किला मात्र होइन, सार्वजनिक नीति सिक्ने, निर्वाचित भएका सांसदहरु मन्त्री बन्न नसक्नु असफलता होइन तर पाँच वर्षसम्म संसदमा रहेर विधेयक, बजेट, समिति र सरकारका काम कारबाहीका बारेमा प्रर्याप्त अध्यायन नगर्नु संसदीय अवसरको उपयोग नगर्नु नै हो ।

सत्ता पक्षका सांसदहरुले सरकारका राम्रा कामको समर्थन गर्दै जनताका हित विरुद्धका काम कारबाहीको विरोध गर्नु संसदीय परम्परा नै हो । तर २०८२ फागुन २१ गते सम्पन्न भएको संसदको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई मत पाएर सरकार बनाउने अवसर पाएको छ । तर त्यो दुई तिहाईको मतको सदुपयोग नत रास्वपाले नै गर्न सकेको छ, नत प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले नै ।
प्रधानमन्त्री बालेन लोकप्रियताबादमा अघि बढ्दै गएका छन् । लोकप्रियतावाद आफैँमा खराब नभएपनि त्यसलाई प्रयोग गर्ने व्यक्तिले त्यसलाई बद्नाम गराउँदै गएका छन् । प्रधानमन्त्री नै लोकप्रियतावादमा अघि बढेकै हुनाले रास्वपाका सांसदहरुले समेत त्यसैलाई अनुशरण गर्न थालेका छन् ।
लोकप्रियवादले केही समयसम्म मानिसलाई सफल बनाएको जस्तो देखिएपनि त्यस्तो कार्य लामो समयसम्म टिक्न सक्दैन । २०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले भाद्र २४ गते मुलुकभरमै विध्वसात्मक कार्य गरेका हुनाले उनीहरुले नै फागुन २१ गते भएको निर्वाचनमा जित हाँसिल गरेका हुन् । भाद्र २३ गतेको घटनामा संलग्न भएका अघिकांश व्यक्तिहरु रास्वपामै प्रवेश किन गरे त ? त्यसको एउटै जवाफ हुन सक्छ लोकप्रियताबादकै कारण । काठमाडौ महानगरका तत्कालिन मेयर बालेन साह मेयर हुँदै गर्दा उनी लोकप्रिय रहेका थिए । उनलाई लोकप्रिय बनाउन विभिन्न किसिमका प्रयास गरिएको थियो ।
मेयर पदमै रहँदा उनले सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिका कारण तत्कालिन सत्ता विरुद्ध रहेका व्यक्तिहरु समेत बालेनको पक्षमा वकालत गर्न थालेका थिए । काठमाडौ महानगरको मेयर हुँदा उनले केही राम्रा काम समेत गरेका थिए तर उनी प्रत्यक्ष रुपमा जनताको सम्पर्कमा कहिल्यै आएनन् भने अहिले प्रधानमन्त्री रहँदा समेत उनले आफैँलाई प्रधानमन्त्री बनाउने संसदलाई समेत उपेक्षा गर्दै आएका छन् ।
संसदीय व्यवस्थामा प्रधानमन्त्री नै संसदको नेता हुन् तर उनी संसदमा उपस्थित भएर सांसदहरुले उठाएको प्रश्नको जवाफसम्म दिन चाहाँदैनन् त्यसको एउटै कारण हुन सक्छ उनलाई अहिले प्रधानमन्त्री बनाउने अमूक व्यक्ति र संस्था रहेका छन् भनेर । लोकप्रियतावादकै कारण निजी क्षेत्रका सञ्चारमाध्यममा सरकारले आर्थिक नाकाबन्दी गरेको छ । त्यो नै सरकारको लागि अभिषाप बन्न सक्छ ।
लोकप्रियतावादले मानिसलाई अन्धभक्त बनाउँछ । सत्तामा रहेका बेला सबै सरकारी संयन्त्रहरुलाई जसरी भएपनि आफ्नो पक्षमा लिने सम्वैधानिक निकायदेखि अदालतसम्मलाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने, भएका संघ संस्थाहरुलाई समेत आफ्नो प्रभावमा पारेर पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति नै लोकप्रियतावादको पहिलो खुड्किलो हो । केही समयका लागि लोकप्रियतावादमा रमाउँदैगर्दा अर्कोतर्फ आफ्नो हैसियत गुम्दै गएको लोकप्रियतावादका हिमायतीहरुलाई थाहै हुँदैन । त्यसैले उनीहरु नराम्रोसँग फस्न सक्ने सम्भावना देखिन्छ । कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न लाखौँ मान्छे सडकमा उत्रेका थिए । त्यसबेला ओली मुलुकभरमै चर्चाको शिखरमा थिए । तर उनलाई समेत तिनै लोकप्रियतावादी बनाउन उक्साउने व्यक्तिहरु नै अहिले ओलीबाट टाढिँदै गएका छन् त्यसको एउटै कारण हो अब ओलीबाट कुनै फाइदा लिन सकिँदैन भनेर ।
संविधानप्रति बालेन साहले संविधान दिवसको अवसरमा संविधानको अक्षर र मर्मप्रति आफू प्रतिवद्व भएको बताएका भएपनि अहिलेसम्मको उनको व्यवहारबाट त्यस्तो देखिँदैन । उनी संसदमा उपस्थित नहुने सांसदले उठाएका प्रश्नको जवाफ नदिने, आफ्नै मुलुकको हित विपरितको नेपालले समेत भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिने तर कहाँ कहाँको भूमि नेपालले मिचेको छ भनेर संसदमा सांसदहरुले प्रश्न सोध्दा प्रश्नको जवाफ नदिने, सम्वैधानिक निकायहरुमाथि हस्तक्षेप गर्ने लगायतका तमाम कार्य प्रधानमन्त्री बालेनबाट भएका हुनाले उनी लोकप्रियतावाद कति अगाडि रहेछ भन्ने प्रमाणित हुँदै गएको छ ।
क्षणिक समयका लागि लोकप्रियतावाद सुखद देखिएपनि लामो समयसम्म लोकप्रियतावाद टिक्न सक्दैन भन्ने प्रमाण त झापा ५ बाट एमाले केपी ओली पराजित हुनु भएकाले नै प्रमाणित गरेको छ । कुनै समय ओलीलाई भगवान् मान्नेहरु र आफ्नो स्वार्थ पुरा गर्नेहरु नै अहिले ओलीको विरुद्धमा खनिएका छन् । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई देखाएर भाद्र २४ गते मुलुकभरमै आगजनी गर्नेहरुले अहिले त्यही लोकप्रियतावादलाई अंगिकार गरेका हुनाले केही समयपछि नै उनीहरु त्यही लोकप्रियतावादको शिकार हुन सक्छन् भन्ने हेक्का प्रधानमन्त्री बालेन र बालेन सरकारलाई होस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports