२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस महाधिवेशनमा उम्मेदवार हुन संस्थापनमा भन्दा देउवा समूहमा थोरै शुल्क

156
shares

काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर रूपमा दुई महाधिवेशन हुँदैछन् । संस्थापनले १५औँ महाधिवेशन यही असोज १६ गते उद्घाटन गर्दैछ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले भने मंसिर २१ गतेदेखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्दैछन् ।

दुवै समूहले महाधिवेशनमा उम्मेदवार बन्नका लागि शुल्क तोकेका छन् । त्यो शुल्क संस्थापनको भन्दा देउवा समूहको सस्तो छ । दुवै समूहले निर्वाचन निर्देशिकामार्फत शुल्क तोकेका हुन् ।संस्थापनले केन्द्रीय सभापतिको उम्मेदवार बन्नका लागि ४० हजार रुपैयाँ शुल्क तोकेको छ । देउवा समूहले त्यो भन्दा १० हजार कम ३० हजार रुपैयाँ मात्र शुल्क तोकेको छ।

उपसभापति र महामन्त्रीमा उम्मेदवार बन्न संस्थापनले ३० हजार रुपैयाँ तोक्दा देउवा समूहले २५ हजार रुपैयाँ निर्धारण गरेको छ।केन्द्रीय सदस्यमा उम्मेदवार बन्न संस्थापनले ११ हजार शुल्क तोक्दा देउवा समूहले १० हजार रुपैयाँ निर्धारण गरेको छ ।सहमहामन्त्रीमा उम्मेदवार बन्न भने दुवै समूहले २० हजार रुपैयाँ नै शुल्क तोकेका छन् । जिल्ला र स्थानीय तहमा पनि दुई समूहको शुल्क पनि संस्थापनको भन्दा देउवा समूहको सस्तो देखिन्छ ।

प्रदेश सभापतिका लागि संस्थापनले २० हजार र देउवा समूहले १० हजार शुल्क तोकेका छन् । जिल्ला सभापतिमा संस्थापनले १५ हजार र देउवा समूहले ५ हजार रुपैयाँ निर्धारण गरेको छ ।प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा संस्थापनले १० हजार लिँदा देउवा समूहले ३,५०० रुपैयाँ तोकेको छ।

स्थानीय तहमा पनि संस्थापनको भन्दा देउवा समूहको सस्तो छ । वडा सभापति बन्न संस्थापनले १,००० रुपैयाँ लिँदा देउवा समूहले २५० रुपैयाँ, महानगर र उपमहानगर सभापतिका लागि संस्थापनले ७,००० रुपैयाँ तोक्दा देउवा समूहले २,५०० रुपैयाँ निर्धारण गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports