२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चोलेन्द्र पक्राउ प्रकरणमा नेपाल बार बोल्यो, डटेर सामना गरिन्छ

39
shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएकोप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । सोमबार (असोज १२) विज्ञप्ति जारी गर्दै नेपाल बारले पर्याप्त आधार र कारणबिना कोही पनि नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान, कानुनको शासन तथा लोकतान्त्रिक शासन प्रणालीविपरीत भएकामा जोड दिएको हो ।

राणालाई सुरक्षा चुनौती रहेको भन्दै आइतबार (असोज ११) प्रहरीले पक्राउ गरेको थियो । करिब ११ घण्टापछि आइतबारै दिउँसो प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर छाडेको थियो ।

राणासँग राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई भेटघाट गर्न नदिइएको विषयमा समेत बारले आपत्ति जनाएको छ । बारले कुनै पनि प्रकारको स्वेच्छाचारी शासनको पक्षमा रहन नसक्ने स्पष्ट पारेको छ ।

“न्यायपालिका स्वच्छ र भ्रष्टाचार मुक्त हुनुपर्छ । सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट यसको स्वच्छता र स्वतन्त्रताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेपको यस एसोसिएसन प्रतिवाद गर्दछ,” बार महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आधार, कारण र प्रमाणबिना कोही पनि नागरिकलाई अनाहकमा पक्राउ गर्नेलगायत कार्य नगर्न बारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । न्यायालयलाई दबाब, अभाव र प्रभावमा पारेर आफ्नो अनुकूल चलाउन खोज्ने कार्यको डटेर सामना गर्ने पनि नेपाल बारले जनाएको छ ।बारले सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा कसैले विचाराधीन मुद्दामामिलामा कुनै प्रकारको हस्तक्षेप, चासो, सरोकार वा छलफल हुन नसक्ने आचारसंहिताको व्यवस्थातर्फ पनि ध्यानाकर्षण गराएको छ ।

“सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य कुनै व्यक्तिले विचाराधीन मुद्दामामिलामा कुनै पनि माध्यम वा स्थानबाट हस्तक्षेप, चासो, सरोकार वा छलफल गर्न नहुने कानुनी तथा आचारसंहिताको व्यवस्थाको पालना गर्न पनि बारले सम्बन्धित सबैलाई आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports