आज काठमाडौं उपत्यकाभित्र ह्वात्तै चिसो बढ्यो, आज विहानो न्यूनतम तापक्रम ८.५ डिग्री सेलसियस
वि.सं.२०८२ मंसिर ६ शनिवार ०८:४०
shares

काठमाडौँ उपत्यकामा आज (शनिबार) ह्वात्तै चिसो बढेको छ।
उपत्यकाको न्यूनतम तापक्रम एकदिनमै स्वाट्टै घटेको हो।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियसमा झरेको हो।
हिजो (शुक्रबार) यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ११.२ डिग्री सेल्सियस थियो। पछि बिहान ८:४५ बजे घटेर ११ डिग्री सेल्सियस कायम भएको थियो।आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।






































