सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुकुरको पुच्छरजस्तै बन्यो नेता र तिनका नीति

2.78K
shares

 

बहुदल र गणतन्त्रको ३० वर्षमा पनि नेपाली राजनीति गर्नेहरु उस्ताको उस्तै छन् । यिनले न बहुदल चिने, न गणतन्त्र । यिनका लागि यी दुबै तन्त्र सिपाहीको काम नगर्नेलाई जर्नेलको मानजस्तो हुनगयो । यसकारण त हाम्रा नेताहरुलाई भन्ने गरिन्छ, जुन जोगी आए पनि कानै चिरिएका, कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै ।
संसारमै सबैभन्दा उत्तम व्यवस्था भनेको लोकतन्त्र हो । नेपालमा लोकतन्त्र आयो, तर हिराको मोल किराले जान्दैन भनेजस्तै भयो । उत्तमतन्त्र चलाउनेहरु किराभन्दा माथि उठ्न सकेनन् । मतिभ्रष्ट भएका नेताहरुले हिराको मोल चिन्न सकेनन् ।
नेपाली सुशासन र समृद्धि, शान्ति र स्थिरता चाहिरहेका छन् । नेताहरु लोकतन्त्रलाई लूटतन्त्र बनाइरहेका छन् । जनताका लागि लोकतन्त्रको रञ्जन ल्हासामा सुन छ, मेरो कान बुच्चै भन्ने उखान बन्न पुग्यो ।
जनताको असन्तुष्टिलाई दबाउँदै अघि बढेका नेता र तिनको लुटतन्त्रका विरुद्ध जेनजी पुस्ताले आन्दोलन र बिद्रोह गरे, ३७ वर्षे लुटतन्त्रको दबदबालाई धुलाम्मे पारेर ढालिदिए, तैपनि काई बनेर बसेको नेतातन्त्रको बुद्धिबङ्गारो पलाएन । चेत खुलेन ।
देशमा प्रजातन्त्र र सर्वहारावादीहरु एउटा कित्ता र नयाँ तथा जेनजी पुस्ता अर्को कित्तामा उभिन पुगेका छन् । यो प्रतिस्पर्धा चुनावमा भए त ठिकै हो, सडकमा भिडन्त भयो भने गृहयुद्धमा फस्ने र विदेशीले फसाउने भय बढी हुनेछ । यसतिरको संचेतनाको कमी अनुभूति भइरहेको छ । यही भयलाई दृष्टिगत गरेर समयले प्रश्न उठाएको छ– समाजवाद कि मृत्यु ? अर्थात् प्रजातान्त्रिक राष्ट्रवाद कि भ्रष्टतान्त्रिक मृत्यु ? यो दोबाटोमा उभिएको राजनीति र राष्ट्रलाई कता डो¥याउने, यसको निर्णय हिजोसम्म लुटतन्त्रमा रमाएका नेता र पार्टीहरुले गर्नुपर्छ । सही निर्णय नगर्दा खरानीमा पुगेको स्थिति शून्यतामा पुग्नसक्छ ।
हिजो सबै अवनतिको जड राजतन्त्र भनियो, राजतन्त्रले चुपचाप राम बनवासको नियति भोगीरहे, अवनतिको निरन्तरता रोकिएन । जडी कारण त चरित्रहीनता रहेछ । यी असफल नेता र तिनका अनुयायीहरुले जतिसुकै ढाडेहात लगाएर सरापे पनि राजतन्त्रको बिकल्प देखिन्न । राजतन्त्र अर्थात राष्ट्र हाम्रो आवश्यकता हुनआयो । भ्रष्टाचारतन्त्रले हामीलाई चिहानमा पु¥याइसक्यो । रोज्ने हामीले हो, प्रजातान्त्रिक राष्ट्रवादी जीवन रोज्ने कि भ्रष्टतन्त्रको मृत्यु ?
अब आएर राजतन्त्र नमान्ने धेरै नेता, राष्ट्रपति बनेका रामवरण यादव हुन् कि विद्या भण्डारी, दुबैले राजतन्त्र आउन नसक्ने भन्ने होइन भनिसके । कसै न कसैले त राष्ट्र चलाउनु प¥यो भन्नुको अर्थ बहुदल र लोकतान्त्रिक गणतन्त्र चलाउन सकिएन भन्ने नै हो ।
वर्तमानमा देखिएका ठूला नेता भनेका कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, त्यसपछिका नेताहरु माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, अरु जे जति भुरे टाकुरे नेता छन्, ती सबै ब्रेक नभएका गाडी भइसके । पटक पटक ब्रेक फेल भएर दुर्घटनामा परिसके, देशलाई दुर्घटनामा पारिसके । सधैं राष्ट्रिय पद्धतिको प्रयोगशाला बनाउन सकिन्न ।
अर्थ र औचित्यहीन भइसकेका विचारक, बुद्धिजीवीहरु ती सबै विवेकहीन सावित भइसकेपछि तिनीहरुको भर गर्नुको अर्थ रहेन । गत भदौ २३ र २४ को नरसंहारकारी आन्दोलन र लोकतान्त्रिक गणतन्त्र पतनपछि बाँकी बिकल्प भनेको राष्ट्रवाद र प्रजातन्त्र, यी दुबैको परिधि भनेको राजतन्त्रको अभिभावकत्व नै हो । निदाएको नाटक गर्ने कि आँखा खोलेर लड्नबाट जोगिने ? अहंकार त्यागेर सोचे हुन्छ, निषेध र प्रतिषोधले कहाँ पु¥यायो भनेर हेरे हुन्छ । हाम्रा सामु अन्धकारमात्र छन् । अन्धकार चिर्ने दियालो भनेको राजतन्त्र सहितको प्रजातन्त्र नै हो । देशको वर्तमान आवश्यकता दियालो नै हो ।
हालैका वर्षहरूमा राजतन्त्रबारे बहस पुनः उठ्नुका कारणहरूबारे विभिन्न स्रोतहरूले उल्लेख गरेका छन्—जस्तै राजनीतिक अस्थिरता, दलहरूको असफलता, भ्रष्टाचारप्रति जनआक्रोश र पहिचान–राष्ट्रवादको संकट । यी सबै स्रोतको संकेत राजतन्त्रसहितको प्रजातन्त्रतिर नै देखिन्छ । पार पाउने हामीसँग अर्को बिकल्प देखिदैन ।
हो, २०४६ को बहुदलले कुनै परिणाम दिन सकेन । विदेशी हस्तक्षेप र स्वदेशी अराजकता बढेर गयो । परिणाम बहुदल दुर्घटनामा प¥यो । २०६३ सालको परिवर्तन निम्तियो । बहुदललाई लोकतान्त्रिक गणतन्त्रको क्रिम लेपन गरियो, सुन्दर देखाइयो ।
राजाको सदासयताले सहजै लोकतन्त्र, गणतन्त्र आयो । तर २०६३ पछि स्थापित गणतन्त्रले पनि कुनै क्षेत्रमा अपेक्षित परिणाम दिन सकेन । पार्टीहरुभित्रै राजतन्त्रको बिबाद र बहस चलिरह्यो, अवसर पाउनेले देश लुटिरहे । यसैको परिणाम जेनजीले हस्तक्षेप गर्नुप¥यो, आन्दोलनकारीमाथि राज्यले नरसंहारको हिटलरी लीला नै देखायो । नेपाल त्यसैपनि भ्रष्ट देश थियो, मानव बेचबिखनकारी, अराजक र अपराधिक थियो नै, जेनजीमाथि गोली बर्साएर लोकतान्त्रिक गणतन्त्र विश्वभरि बदनाम हुनपुग्यो । भारतले सीमा अतिक्रमण गरेकै थियो, नेपालमा विश्वशक्तिले भूराजनीतिक खेल खेल्न थाल्यो । यसपछि राष्ट्रवादी राजतन्त्र र प्रजातन्त्रको बिकल्पमा जनमत बढ्दै गएको हो । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार पनि अविश्वसनीय बन्दै गएको छ । फागुन २१ को निर्वाचन हुन नसक्ने र संसद पुनस्र्थापनाको मागले पनि अराजकता र अस्थिरतालाई बढावा दिने घटनाक्रम बढ्न थालेको छ । राजनीति डरलाग्दो बन्दै गएको छ ।
आवश्यकता संवेदनको छ । संवाद, सहमति र सहकार्यका लागि राष्ट्रवादी र राजतन्त्रवादी तैयार हुनेपर्ने स्थिति सिर्जना भइसकेको छ । यही माध्यमले एउटा स्पष्ट भावी स्वरुप तैयार भएमा देशमा संस्थागत, संरचनागत सुधार हुने र स्थिरता ल्याउन सकिनेमा स्वतन्त्रहरु विश्वस्त छन् । गणतन्त्रमा देखिएको अपराध र भ्रष्टतन्त्रले विभाजनको ठूलै टुडिखेल बनाइसकेको छ । एकता र सुशासन ल्याउने माध्यम राष्ट्रवादी राजतन्त्र र प्रजातन्त्रको माध्यममा बन्ने संविधानले निर्दिष्ट गर्न सक्ने विश्वास गर्न सकिन्छ ।
मनमा विद्वेष राखेर प्रश्न गर्नेहरु राजतन्त्र सम्भव छ र ? भन्छन् । तर नेता यिनै हुन्, नेतृत्व दिने पार्टी पनि यिनै हुन् । त्यतातिर जनताको विश्वास समाप्त भइसकेको छ । विश्वास जगाउन र देश बचाउने शक्ति भनेकै राजतन्त्र र प्रजातन्त्र हो । बादभन्दा माथिको राजतन्त्र र बादभित्रको प्रजातन्त्रको दुईखुट्टे नीति नै नेपाल र नेपालीको अस्तित्व निहित हुनपुगेको छ । लोकतान्त्रिक विचारको स्थायित्व पनि यही सिद्धान्तमा स्थायित्व रहनसक्छ । बिगतमा राजतन्त्रमा देखिएका कमजोरीहरु दोहोरिने छैनन् । बिभाजित मनस्थितिहरु स्थिर हुनजानेछन्, नेपाल विकास, शान्ति र समृद्धिमा लाग्नसक्छ । राष्ट्रवाद र प्रजातन्त्र नेपालको एकता र स्थायित्वको मौलो बन्नसक्छ ।
सदावहार राजनीतिक अस्थिरता, असुरक्षा, दलगत कलह, बारम्बार सरकार परिवर्तन, र भ्रष्टाचारले जनतामा निराशा बढेको छ, मुलुक थाकिसकेको छ । यसकारण पनि राजतन्त्रसहितको प्रजातन्त्र स्थिरताको प्रतीकका रूपमा हेर्न थालिएको छ । यही प्रतीक नेपाली समाज, संस्कृति, पहिचान पनि हो ।
चेतना छ, प्रष्ट पार्न नसकेको विषय भनेकै राजतन्त्रसहितको प्रजातन्त्र बिकल्प हो । संवैधानिक राजतन्त्रको मोडेल जापान, बेलायत, नर्वेलगायतका धेरै विकसित राजतन्त्र र लोकतन्त्र सहअस्तित्वमा छन् । नेपालमा यही मोडलले सफलता पाउनसक्छ । लजाउनु पर्दैन, बहुदलको ३७ र लोकतान्त्रिक गणतन्त्रको १७ वर्षमा दल र दलपति नेताहरुले सुशासन, विकास, रोजगारी, स्थिरता केही दिन सकेनन् । विधिको शासनको अन्त्य गरिदिए । राजतन्त्र फर्किनु लोकतान्त्रिक प्रक्रिया झन उजिलिन सक्छ । यही पद्धतिमा
सुशासन, भ्रष्टाचारको अन्त्य, विधिको शासनको मजबुती, मानवअधिकारको निश्चितता, शक्ति–विकेन्द्रिकरण सहज बनाउन सकिन्छ । द्विविधा नरहोस्, २०६२÷६३ को आन्दोलनले राजतन्त्रविरुद्ध व्यापक जनमत देखाएको हो, त्यो स्थिति आज छैन । आज राजतन्त्रमात्र लोकप्रिय संस्था कायम रहेको छ । यसकारण संवाद सहमति र सहकार्यबाट निकास निकाल्न संविधान संशोधन, जनमत संग्रह जे जे गर्नुपर्ने हो गर्दा हुन्छ । द्वन्द्वको स्थिति रहनु, बढाउनु मृत्युमात्र हो ।
चाहिएको जीवन हो । यसकारण राष्ट्रमा राजतन्त्रसहितको प्रजातन्त्रको सम्भावना छ ।तथ्य र स्रोतहरूका अनुसार, नेपालमा राजतन्त्र पुनस्र्थापनाबारे भावनात्मक समर्थन बढ्दो छ । वर्तमान गाँजेमाजे गोलमाल र जटिलताको अन्त्यको उपाय पनि यही नै हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports