linktrix Long Ad
Salt Trading Long Ad

यो सरकार विष बृक्ष सिद्धान्तमा बनेको हो

3.15K
shares

 

काठमाडौ । भाद्र २३ र २४ गते भएको विरोध प्रदर्शनपछि असम्वैधानिक रुपमा सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश रहिसकेकी सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिनु र संसद विघटन गरिनु समेत असम्वैधानिक कार्य हो । असम्वैधानिक तवरबाट सरकार गठन गरिनु र संसद विघटन गरिनु अनि कार्की सरकारले गरेका काम कारबाही स्वत असम्वैधानिक नै हुनेछन् । यो सरकार बृष बृषको सिद्धान्त अनुसार गठन गरिएको वरिष्ठ अभिवक्ता रमेश वडालले बताएका छन् ।
उनले भनेका छन् जेनजीसँग गरिएको १० बुँदे सहमतिमा संविधान संशोधन गर्ने भनिएको छ भन्दै उनले भने राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा २ वटामात्र म्याण्डेट दिएका छन् ती हुन् आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्प्न्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु र अर्को भनेको दैनिक कार्य सञ्चालन मात्र हो ।
तर कार्की सरकारले सर्बोच्च अदालतको आदेशलाई समेत उल्लंघन गर्दै काम कारबाही अघि बढाएको छ । सर्बोच्चले छोटो समयका लागि यो सरकार भएकाले दुरगामी असर पर्ने निर्णय नगर्नु भनेकोमा संविधान संशोधन गर्ने कार्यमा किन सहमति ग¥यो यस्तो कार्यलाई कानुनी भाषामा विष बृक्ष भनिन्छ ।
विष रोपेर त्यसबाट उत्पदन भएको फल विषाक्त हुन्छ । त्यसैले यो सरकार विषाक्त सरकार हो । केपी ओली नेतृत्वको झण्डै दुई तिहाई नजिकको सरकारलाई अरु कुनै उपायबाट हटाउन नसकेपछि वा सम्वैधानिक तवरबाट हटाउन नसकेपछि असम्वैधानिक तवरको बाटो अपनाइएको ठहर वडालले गरेका छन् ।
कार्की सरकारले सुशासन र भ्रष्टाचारको विरुद्धमा कुरा गरेपनि न त सुशासन कायम हुन सक्यो नत भ्रष्टाचार नियन्त्रण नै । जेनजीसँग भएको १० बुँदे सहमतिलाई १÷२ समूहका जेनजीहरु बाहेक अरुले स्वीकार नगरेको र उनीहरुले प्रधानमन्त्री कार्कीको राजिनामा समेत मागिरहेका हुनाले पनि तत्काल संसद पुर्नस्थापना गरि संसदबाटै बैधानिक तवरले समस्याको समाधान खोजिनुपर्ने भएकाले तत्काल सर्बोच्च अदालतले संसद विघटनको मुद्दालाई प्राथमिकतामा राखेर संसद पुर्नस्थापना गर्नुपर्ने बताएका छन् । यदि त्यसो नहुने हो भने मुलुक अझ ठुलो समस्यामा फस्न सक्ने अबस्था समेत देखिएको भन्दै संसद पुर्नस्थापना हुनुपर्ने र विष बृक्ष सिद्धान्तलाई सँधैका लागि बन्द गरिनुपर्ने बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports