२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको सुशासन भण्डारीसँगै गयो सती

4.91K
shares

 

काठमाडौ । प्रधानमन्त्री सुशिला कार्की सरकारले सय दिन पूरा गरेको छ । यो सय दिनभित्रमा पनि कार्की सरकार विवादमुक्त हुन सकेको देखिएन । कार्की सरकारलाई आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी दिएको भएपनि राजनीतिक दल र जनताले तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वास गर्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको मामिलामा समेत सरकार कमजोर देखिएको छ ।
निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको भएपनि निर्वाचन हुनेमा विश्वस्त हुन सक्ने अवस्था देखिएको छैन । सय दिका कार्यकाल पूरा गर्दा समेत प्रधानमन्त्री कार्कीले ठुला भनिएका राजनीतिक दलका शिर्ष नेताहरुसँग एक पटक पनि सम्वाद गर्न सकेकी थिइनन् भने राष्ट्रपतिको आग्रहमा केही दिन अघि तिनै दलका शिर्ष नेताहरुसँग राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्कीसँग वार्ता भएको थियो । सो वार्तामा कुनै सहमति हुन नसकेको स्रोतले बताएको छ । केही समय अघि उनले शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालको अनुहार सम्म हेर्न आफूलाई मन नलाग्ने बताएर दलहरुलाई चिढ्याउने कार्य गरेकी थिइन् ।
राजनीतिक दलहरुले निर्वाचनको वातावरण नै मिलाउन कार्की सरकार असफल भएको बताइरहेका छन् । भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शनमा घुसपैठ गरेर केही व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्नेका लागि भाद्र २४ गते मुलुकभरमै आतंकमात्र मच्चाएनन् । सरकारकी संरचनाहरु समेत ध्वस्त पारे । नेपाली जनताको शान र मुलुकको केन्द्रीय राजनीतिको मुटु भनिएको सिंहदरबार, संसद भवन, सर्बोच्च अदालत, शिर्ष नेताहरुका निजी निवासमा आगजनी गर्नेहरुलाई सरकारले कारबाही नगर्ने सहमति जेनजीहरुको एक गुटसँग गरेर नेपाली जनताको शान समाप्त पार्ने काम गरेको छ ।
सरकारले सुशासनलाई ध्वज्जी उडाउँदै भ्रष्टाचार काण्डमा मुछिएकी कार्की सरकारबाटै नियुक्त गरिएकी महान्यायाधिवक्ता सविता भण्डारीलाई पदमुक्त गरिएन । सो विषयमा प्रहरीले डिम्ब काण्डमा अनुसन्धान गरी भण्डारीमाथि मुद्दा चलाउनुपर्ने राय दिएकोमा महान्यायाधिवक्ता भण्डारीले आफैँ मुद्दा नचलाउने निर्णय गरेर दुनियाँलाई हसाएकी छन् । सो प्रकरणमा महान्यायाधिवक्ता भण्डारीलाई पदमुक्ता गर्ने माग विभिन्न क्षेत्रबाट उठेपनि प्रधानमन्त्री कार्की मौन बसेकी हुनाले प्रधानमन्त्रीको सुशासन पनि भण्डारीसँगै सती गएको चर्चा समेत चल्न थालेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports