तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पशुपति क्षेत्र विकास कोषका नवनियुत्त कोषाध्यक्ष सापकोटाले गरे बहाली

1.43K
shares

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्ष श्रीधर सापकोटाले पदबहाली गरेका छन् ।

नेपाल सरकारको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त सापकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयबाट गत शुक्रबार कोषको कोषाध्यक्ष पदमा चार वर्षका लागि नियुक्त भएका थिए ।सोमबार (२१ पुस) कोषको कार्यालय देवपतन, वनकालीमा उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले सत्य, निष्ठा, इमान्दारिता र नैतिकताका आधारमा काम गर्ने बताए ।

कोषाध्यक्ष सापकोटाले पशुपति क्षेत्रलाई विश्वभरका सनातन धर्मावलम्बीको धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सबैले एकाकार भएर काम गर्नुपर्नेमा जोड दिए । धार्मिक क्षेत्रमा काम गरेर धेरै धन कमाउन इच्छा नराख्न आह्वान गर्दै उनले पैसा कमाउन चाहनेले व्यापार, व्यवसाय गर्नुपर्ने सुझाव दिए ।

निजामती सेवाको उच्च तहमा काम गर्ने क्रममा उनले करिब आठ वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत, महाशाखा प्रमुख र सचिव भएर पनि काम गरेका थिए । रक्षा मन्त्रालयलगायतको सचिव भएर पनि उनले काम गरिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports