सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वभरि राष्ट्रवादको उछाल, नेपालमा चुनावी हाल

1.42K
shares

 

साने टकाइची, जापानकी प्रधानमन्त्री । उनले पद सम्हालेको ११० दिनमै आकस्मिक चुनावमा जाने ठूलो जोखिमपूर्ण निर्णय लिइन् । यो जोखिम सफल भयो— मतदाताले उनको आर्थिक नीतिहरू, कडा आप्रवासन नीति, र चीनतिर राखेको कडा धारणाप्रति जनताले बलियो समर्थन जनाए । साने टकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई दुई तिहाई बहुमतको जनादेश दिए । जापानी प्रतिनिधिसभाका ४६५ सिटमध्ये ३१६ सिट जितेको छ एलडीपीले । दोस्रो विश्वयुद्धपछि पहिलो पटक कुनै जापानी पार्टीले दुई तिहाईभन्दा बढी सिट जितेको यो पहिलो अवसर हो ।
यो जनादेशले ताकाइचीलाई रक्षा, सामाजिक मुद्दा र आप्रवासन सम्बन्धी आफ्नो रूढिवादी एजेन्डा अघि बढाउन मार्ग प्रशस्त गरेको छ । साथै, राष्ट्रपति ट्रम्पले दिएको समर्थनपछि उनको अन्तर्राष्ट्रिय राजनीतिक हैसियत मजबुत भएको छ । जापानको राष्ट्रवादी धार अझ धारिलो भएको विश्वभरि विश्लेषण भइरहेको छ ।
मेक अमेरिका ग्रेट अगेन भन्ने नारासहित अमेरिकामा राष्ट्रवादी धारसहित डोनाल्ड ट्रम्पले चुनाव जितेर राष्ट्रपति बनेका थिए । यसपछि भएका चुनावहरुमा हंगेरीलगायतका अनेक मुलुकमा स्थापित दलहरु पछाडि परेका छन् । परिवर्तनका पक्षमा चुनावी नतिजा आएको देखिन्छ ।
आगामी फागुन २१ गते नेपालमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा स्थापित दलहरुभन्दा परिवर्तनका पक्षमा जनताको लहर बढेको देखिन्छ । प्रतिस्पर्धा स्थापित दलहरु र नयाँ अनुहारवीच नै हुनेछ । बिश्लेषण गरिदैछ कि विश्वभरि फैलिएको परिवर्तनको लहर नेपालमा पनि देखिएको छ र अनुमान गरिन्छ, राष्ट्रवादी धारले बलियो उपस्थिति देखाउनेछ ।
अब हेर्नुछ, दूध र पानी रजहाँसले छुट्याउन सके झैंं नेपाली मतदाताहरुले सही र गलत छुट्याएर सही जनप्रतिनिधिको चयन गर्नेछन् । देशवादी र देशद्रोही छुट्याउने आधार जनमत हो, जनता रजहाँस बनेर छुट्याउने छन् । यो अवसर भनेको जनाधार दिने जनताको हातमा छ । प्रजातन्त्रमा जनता नै निर्णायक हुनेगर्छन् ।
राजनीतिलाई समाज परिवर्तनको औजार हो भन्ने मान्यता राख्नेहरु भन्छन्– माहुरी पालकले माहुरीको बित्तपाते अबस्था र त्यसको पहिचान गर्छ । माहुरीको यो अबस्था जान्न सकेन भने माहुरीको घार नै नष्ट भएर जान्छ । यसै गरी कुनै मुलुकमा पनि नेतागणहरूमा यो बित्तपाते अबस्था आउँछ, यस अबस्थामा मुलुक नै नष्ट हुने खतरा हुनसक्छ । यहि कुरालाई महाभारतको शान्ति पर्वमा भिष्म पितामह युधिष्टिरलाई यसरी बताएका छन्– व्यक्तिले प्रथमत राजा चुनोस्, त्यस पछि भार्या (परिवार) अनि परिवार पाल्न धन कमाओस् । यदी राजा नै सही भएन भने न भार्या रहन्छ न धन । सबै कुरा अरूले नै लुटेर लान्छन् ।
घारमा समय नाघेको लार्भा छ भने शाही खुराक खुवाएर रानो बनाएपछि माहुरीको चाका सुरू हुनसक्छ । रानु बनाउन सकिएन भने हरेक माहुरीले खाना त खान्छ तर चाका बनाउन सक्दैन । घार बिनाको माहुरी पालन गर्नु भनेको बेकारको लगानी हुनेहो ।
राजतन्त्र किनारा लगाएपछि नेपाली राजनीतिमा रानो छैन । रानु नभएकै कारण जनता र देशप्रति जवाफदेहीपूर्ण राजनीतिको सुरुआत नै हुन सकेन । निषेध, विभेद र प्रतिषोधपूर्ण राजनीतिक नेतृत्वको अहंकारका कारणले रानो बनाउने प्रकृया पनि सुरू भएको छैन । रानो नभएपछि माहुरी नासिएझैं राजनीति नासवान बन्यो । पार्टी र नेताहरू सत्ता र शक्तिका वरिपरि घुमिरहेका छन्, जसका कारण जनता अन्यायमा परेका छन्, राष्ट्र दिनदिनै कमजोर बन्दै जाँदो छ । लोकतान्त्रिक गणतन्त्रले २० वर्ष खेर फालेपछि फागुन २१ मा परिवर्तनको साइत जुरेको छ । यो साइतलाई जनताले कसरी छोप्ने हुन्, विश्वभरि यो चुनावको चर्चामा उत्सुकता बढ्दै गएको छ ।
माहुरीको रानो नभएको घारमा अब्यबस्था पैmलन्छ, सबैले आपैmलाई रानो सम्झनाले आपसी द्वन्द चल्छ । रस बटुल्न कोही बाहिर निक्लदैन, घारमा खानाको कमी हुन्छ, झगडा गर्छन् । यो अबस्थालाई बित्तपाते माहुरी भनिन्छ । त्यो घारको विनास अबश्यांभावी छ । यस्तो स्थितिमा माहुरी पालकले पहिले रानोको व्यवस्था गर्छ । बित्तपाते माहुरीको हुललाई घारबाट हटाउँछ । जो बितपाते नभएका माहुरी छन्, ती फैलन्छन्, रानोले अन्य माहुरीहरू बटुल्छ र फेरि घारमा मह जम्मा गर्न थाल्छन् ।
अराजक अर्थात् माहुरीको घारको बितपाते अवस्था र नेपालको राजनीतिक व्यवस्था उस्तै उस्तै देखिन्छ । जो अपराधी थिए, जो जनताले घृणा गरेका पात्र थिए, तिनीहरू कानुन बनाउने, कानुन खेलाउने, राज्यसत्ता चलाउने केन्द्र केन्द्रमा पुगे । धर्मलाई अफिम भन्नेहरू धर्म संस्कृतिका पालनहार बन्ने ढोङ गर्दैछन्, जो विदेशीको रिमोटबाट चल्ने छन्, तिनीहरू चर्का भाषण गर्दैछन्, जो समाज र नेपाली एकताका भँडुवा हुन्, तिनीहरू एकताको नाटक गरिरहेका छन् । जो बाल्मिकीको नाटक गरिरहेका थिए, बाल्मिकी बनेर परिवर्तनका संवाहक बने, तिनीहरू रत्नाकरभन्दा पृथक प्रमाणित हुन सकेनन् । रत्नाकरहरूको आतंक, अराजकताबाट पीडित भएपछि असन्तुष्टि फैलियो र अर्को परिवर्तनको माग भयो ।
यही मागको अग्नि परीक्षा हो फागुन २१ गते । रत्नाकर विवेकशील बन्न सक्यो भने बाल्मिकी बन्न सक्छ । जसरी माहुरीको रानुको जन्म हुन्छ । विबगत २० वर्ष जनताले परिवर्तनको अनुभव गर्नै सकेनन् । आधुनिक रत्नाकरहरू बाल्मिकीको मुखुण्डोमात्र लगाउँछन् । त्यस्तै देखिए । जनताको असन्तुष्टि र गत भदौ २३, २४ को आन्दोलनपछि देशले बाल्मिकी खोजेको छ, परिवर्तन हुन नसकेका रत्नाकरहरू देशैभरि हावी भएका छन् । रत्नाकरका भजनेहरू आफूलाई बुद्धिजीवी, नागरिक अगुवा ठान्छन्, डाँकैतीका साझेदार बन्छन् । लोकतान्त्तिक गणतन्त्र उत्कृष्ण् व्यवस्था ल्याइयो भनेर जसजसले झ्याली पिटेका थिए, गत भदौ २३ र २४ मा ती जनअसन्तुष्टिबाट पिटिए । अझै पनि दुर्दान्त काम गर्न उक्सेकै छन्, जुन अर्को गल्ती हो । जसले अपराधलाई प्रश्रय दियो, ती गणतन्त्रका बाहक हुँ भन्छन्, यस्तो राजनीतिले बढाउने अपराध नै हो । राजनीतिक अपराधले देश दुःखित र पीडित छ ।
छलाङ हान्ने प्रजातन्त्रवादी, समाजवादी, सर्वहारा हुँ भन्नेहरूलाई जनताले बाल्मिकी भनेर विश्वास गरे । आज ती सबै बाल्मिकीहरू रत्नाकरभन्दा भिन्न देखिएनन् । नागरिक निकासी गरेर, राष्ट्रिय सम्पत्ति र सम्पदा दोहन गरेर, नेपोटिजम हुर्काएर जुन राजनीति चलाइरहेका छन्, ती सबै रत्नाकर नै हुन् । जनताले कुनै रत्नाकर स्वीकार छैन भनेर ल्याएका र पाएका नेताहरू फेरि पनि रत्नाकर नै सावित भए । परिवर्तन पटक पटक आयो, जनताका लागि कौवालाई बेल पाकेसरह सावित हुनपुग्यो । यसकारण देशले अर्को परिवर्तनको शंखघोष गरेको छ । परिवर्तन बिना अस्तित्व संकटमा छ ।
जनता के चाहन्छन्, नेतृत्व सच्चिन्छ कि सक्किन्छ, नयाँ नेतृत्व जन्मन्छ कि तुहिन्छ ? फागुन २१ गते जनाधिकारको परीक्षण हुनेछ । जनताले खोजेको परिवर्तन र चाहेको नेता कस्तो हो ? प्रष्ट देखिने छ । १६५ क्षेत्रको चुनावमा ३ हजारभन्दा बढी उमेदवार छन् । यो भनेको दूध र पानी मिसिएजस्तै धमिलो अवस्था हो । जनताले रजहाँस बनेर अधिकाधिक दूध छुट्याउनु पर्नेछ । आफ्नो प्रतिनिधि छान्नुपर्ने छ अर्थात् रत्नाकर र बाल्मिकी छुट्याउनु पर्नेछ र बाल्मिकीलाई प्रतिनिधि छान्नुपर्नेछ । यसपटक पनि जनताबाट चुक भयो भने लामो समय पछुताउनुपर्ने छ । जसरी २० वर्ष खेर गयो, लामो समय खेर जानेछ ।
गणतन्त्र आएको २० वर्ष भइसक्यो । यो समय जनताले अन्याय सहनुप¥यो, सकस बेहोर्नुप¥यो । आफ्नो परिवारसँग साथै बस्न पाएनन्, जनताका ससाना नानीहरू राज्यको गोलीको सिकार हुनुप¥यो । जेनजी विद्रोहले फागुन २१ को मौका दिएको छ । नेपालका बित्तपाते भईसकेका नेताहरू यसलाई अग्रगमन, प्रगती, नयाँ नेपाल र यस्तै यस्तै आगिन्ती भ्रम फैलाइरहेका छन् । यो भ्रमलाई चिर्ने र दूध पानी छुट्याउने जिम्मा जनताको हो । आफ्नो देशको अस्तित्व संकटमा परिसकेको छ । यो अस्तित्व बचाउने कार्य जनताको जिम्मेवारी हो ।
हरेक नागरिकले जनतालाई सचेत पार्नुपर्छ, जनाधिकारको महत्व बुझाउनु पर्छ । जब जनताले चुनावको महत्व बुझ्नेछन्, तव समानता, राष्ट्रिय एकता, विकास, स्थिरता र शान्ति सबै खोजेजसरी पाउन सक्नेछन् ।
देशको उज्यालो भनेको समयानुकूल परिवर्तन हो, जनतालाई परिवर्तनको अनुभूति र जिम्मेवारीबोध गराऔं ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports