गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२०७९ मा एमालेले सार्वजनिक गरेको घोषणापत्र

नेकपाले कपीपेष्ट गरेर सार्वजनिक गर्यो

2.69K
shares

नेकपाले कपीपेष्ट गरेर सार्वजनिक ग¥यो
काठमाडौ । यहि फागुन २१ गते हुने प्रतिनिधिभाको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी घोषणपत्र गत मंगलबार २७ गते सार्वजनिक गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ल्याएको घोषणा पत्र महत्वकांक्षाी मात्र नभएर कतिपय विषयहरु पुरा गर्ने नसकिने खालका रहेका छन् । २०७९ को निर्वाचनमा नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरिएको धेरै विषयहरुलाई नेकपाले आफ्नो घोषणापत्रमा राखेको छ ।
त्यसबेला नेकपा एमालेले आफ्नो घोषणात्रमा उल्लेख गरेका विषयहरुलाई पुरा गर्नै नसकिने भन्दे नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नै आलोचना गरेका थिए तर अहिले तिनै दाहालले नेकपा एमालेले त्यसबेला सार्वजनिक गरेका धेरै विषयहरु कपीपेष्ट गरेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
विगतमा नेकपा एमालेले चीनबाट रेलमार्ग जोड्ने योजना घोषणापत्रमा राखेको थियो भने उसले केरुङ काठमाडौ–पोखरा र काठमाडौ लुम्बिनी रेलमार्गले जोड्ने उल्लेख गरेकोमा अहिले नेकपाले ल्याएको घोषणपत्रमा सो विषय उल्लेख गरिएको छ । त्यसैगरी पूर्व पश्चिम रेलमार्ग र काठमाडौ मेट्रोरेल र मोनेरेल निर्माण प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।
यी दुवै योजना नेकपा एमालेले २०७९ को निर्वाचनमै ल्याएको थियो । त्यसबेला पुष्पकमल दाहालले ती योजनाले खिल्ली उडाएका थिए तर अहिले उनी आफैँले तिनी योजनालाई आफ्नो पार्टीको घोषणापत्रमा उल्लेख गरेका छन् ।
घोषणापत्रमा शासकीय सुधार गर्ने शक्ति सन्तुलन हुने गरी शासकीय स्वरुप परिमार्जन गर्ने भनिएको छ । दाहालले पहिला देखि नै कार्यकारी राष्ट्रपति हुनुपर्ने भन्दै आएको थिए । त्यसैगरी संविधान संशोधन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ तर संविधान संशोधन गर्न संसदमा दुई तिहाई मतको आवश्यकता पर्दछ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा अहिलेको अवस्थामा कुनै पनि दलले एक्लै बहुम ल्याउन सक्ने अवस्था देखिएको छैन भने राष्ट्रियसभामा समेत कसैको दुई तिहाई मत नरहेको हुनाले यो संविधान संशोधनको मुद्दा पनि हावादारी नै ठहरिन सक्छ ।
घोषणापत्रमा ५ वर्ष भित्रमा प्रत्येक नेपालीको घरमा सफा पिउने पानी पु¥याउने उल्लेख गरिएको छ तर अहिले उपत्यकामै सफा पिउने पानी जनताले खान पाएका छैनन् । त्यसैगरी ५ वर्ष भित्रमा २० वटा शहरलाई स्मार्ट सिटि बनाईने उल्लेख गरिएको छ भने अन्य धेरै यस्ता विवादित र ठुलो मात्रामा रकम खर्च हुने योजना अघि सारिएको भएपनि ती योजनाहरु पूरा गर्न आर्थिक स्रोत कसरी व्यवस्था गर्ने भन्ने कहि कतै उल्लेख नगरिएको हुनाले पुष्पकमल दाहाल नेतृत्वको पार्टीले सार्वजनिक गरेको घोषणापत्र पनि कागजमै सिमित हुने प्राय निश्चित जस्तै रहेको छ । तर जनालाई झुक्याउन खप्पिस रहेका दाहालले आफ्नो नेतृत्वको पार्टीको नाम पटक पटक बदलेर जनतालाई झुक्याउँदै आएका हुनाले फेरी जनतालाई झुक्याउनैका लागि महत्वकाक्षी घोषणपत्र सार्वजनिक गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports