२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीले भने : सरकार राज्यको सामर्थ्य कब्जा गरेर बस्यो

286
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाढी प्रभावितको उद्धार र राहतमा राज्यको कोष प्रयोग गर्नुपर्ने बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै तीन तहको सरकार मिलेर काम गर्नुपर्ने बताए।

उनले भने, ‘सरकारको अर्थ नै परेका बेला राज्यको कोष उदारतापूर्वक नागरिकको उद्धारमा, राहतमा र पुनर्निर्माणमा खर्च गरोस्। सरकारका विभिन्न तहहरूको पनि दायित्व हो। राजधानी भएकै प्रदेशमा यो घटना घटेको छ।’

उनले केन्द्र, प्रदेश र स्थानीय सरकार, अन्य सङ्घसंस्था, राजनीतिक दल, सङ्घसंस्था,समाजसेवी, परोपकारी संस्था र व्यक्ति सबै मिलेर चुनौतीको सामना गर्नुपर्ने बताए।उनले थपे, ‘यतिबेला कसैको आलोचना गर्ने, टीकाटिप्पणी गर्ने समय होइन। तर सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बस्यो। सरकार एक ढङ्गले भन्ने हो भने अगम्य, अप्राप्य र अदृश्य जस्तो देखियो।’

उनले विपद्को बेलामा राजनीतिक दलहरूले श्रेयको होडबाजी नगर्ने बताए। उनले सरकारलाई सङ्कट परेको बेलामा सरकारलाई साथ दिन तयार रहेको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports