२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढी आज पाँचौ दिन : नेपाल र चीनमा गरि निधन हुनेको सख्या ६९१, तिन हजार भन्दा बढी बेपत्ता

559
shares

गत साता बुधबार नेपाल-चीन (तिब्बत) सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि हराइरहेका नागरिकको खोजी तथा उद्धार कार्य पाँचौँ दिनमा प्रवेश गरेको छ।

विपद्पछि समय बित्दै जाँदा दुवै देशमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। दुवै देशको संयुक्त विवरणअनुसार बाढी र पहिरोमा परी हालसम्म ६९१ जनाको मृत्यु भएको छ भने तीन हजार ४४ मानिस अझै बेपत्ता छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार शिगात्से सहरको केरुङ काउन्टीमा लेदोसहितको भीषण पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता छन्। केरुङ काउन्टीमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले नेपाल-चीन व्यापारको मुख्य केन्द्र मानिने केरुङ सीमा बन्दरगाहमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालतर्फ हालसम्म ६७५ जनाको शव फेला परेको छ भने दुई हजार ४२८ जना अझै बेपत्ता छन्। चीनतर्फ बेपत्ता हुनेमा चिनियाँ नागरिकबाहेक २३ देशका २६१ विदेशी नागरिकसमेत रहेका छन्।

नेपालतर्फ बेपत्ता हुनेमा सबैभन्दा धेरै जलविद्युत आयोजनामा काम गर्ने श्रमिक तथा कर्मचारी रहेका छन्। प्राधिकरणका अनुसार नेपालमा ९३३ जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, ५८९ विदेशी नागरिक पनि नेपालतर्फ बेपत्ता भएका छन्।

विपद्का बीच नेपालतर्फ सात हजार ५१४ जनाको जीवितै उद्धार गरिएको छ। बाढीबाट अति प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा हेलिकप्टरमार्फत लत्ताकपडा, चाउचाउ, बिस्कुट र चामललगायत राहत सामग्री पुर्‍याउने काम भइरहेको छ।

उद्धार गरिएका नागरिकलाई त्रिशूलीलगायत सुरक्षित स्थान र स्वास्थ्य शिविरमा सारिएको छ। बाढीग्रस्त क्षेत्रमा सेना र उद्धार टोलीले वृद्धवृद्धा तथा साना बालबालिकालाई प्राथमिक उपचारका लागि सुरक्षित पालमा पुर्‍याइरहेका छन्।

विपद्पछि दुवै देशमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम जारी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports