२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइएमई ग्रुपद्धारा भोटेकोशी बाढीपिडितका लागि १० करोड सहयोग

325
shares

काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उक्त सहयोग उपलब्ध गराइने जनाइएको छ । ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसनलगायत कम्पनीले सहयोगमा योगदान गर्नेछन् ।

त्यस्तै, ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीले समेत एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।आइएमईले विदेशबाट नेपालमा सहयोग रकम पठाउन निःशुल्क रेमिटेन्स सेवा उपलब्ध गराएको जनाएको छ। ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस तथा खल्ती बाई आइएमई वालेटमार्फत सरकारको उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।

यसैगरी, आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सामग्री सहयोग गर्ने प्रतिबद्धता ग्रुपले जनाएको छ । ग्रुपका अनुसार अकल्पनीय विपद्का कारण बेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार, प्रभावितका लागि खाद्यान्न तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्न लागिएको हो ।

आइएमई ग्रुपले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना जनाएको छ । उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति पनि ग्रुपले आभार व्यक्त गरेको छ ।

ग्रुपले यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports