विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नरमाथि कारवाही गर्यो : ओली

663
shares

बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नर माथि कारवाही गरेको आरोप लगाएका छन् । बझाङमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त भएको तर त्यसको रिस गभर्नर माथि पोख्ने काम भएको आरोप लगाएका हुन् ।

सरकार प्रति लक्षित गर्दै उनले भने, ‘आफू कमिशनखोरी गर्छ, दलाल पूँजीपति सँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पार्छ अनि राष्ट्र बैंकको गभर्नरलाई कारवाही गर्छ । बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ । सरकारलाई एमाले सँग रिस उठेको होला, एमालेलाई केही गर्न सक्दैन अनि गभर्नरलाई कारवाही गर्छ ।’ उनले पाँच दलीय गठबन्धन प्रति पनि कटाक्ष गरे । उनले भने, ‘पाँच दलीय गठबन्धन ! के हो पाँच दलीय गठबन्धन ? पाँच वटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन होला नि !’

उनले गठबन्धनमा रहेका दलहरूलाई स्थानीय तहमा खुसुक्क एमाले सँग मिल्न सुझाव पनि दिए । देशभर एमालेको पक्षमा जनलहर देखिएको भन्दै उनले गठबन्धन गर्दैमा एमालेलाई पराजित गर्न नसक्ने बरु खुसुक्क एमाले सँग मिलेमा कुनै पालिकामा एमालेकै सहयोगमा जित हासिल गर्न सकिने अवस्था रहने प्रस्ट पारे । उनले भने, ‘बाटो बिराएर, सानो कुरामा चित्त दुखाएर, कसैको भ्रममा परेर एमाले छाडेर गएकाहरु आजै एमालेमा फर्किए पनि हुन्छ ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports