विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सर्‍यो नेकपा एमाले पार्टी कार्यालय

650
shares

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।

कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवन बाट पश्चिमतिर नयाँ भवन बनाइएको छ । प्रतिष्ठानको उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको भन्दै एमाले उपमहासचिव विष्णु रिमालले प्रतिष्ठान सँगको सहकार्यमा व्यावसायिक ढंगले समेत सञ्चालन गरिने बताएका छन् ।

एक वर्षअघि मात्र धुम्बाराही स्थित पासाङल्हामु स्मृति प्रतिष्ठान बाट एमाले कार्यालय थापाथलीमा सरेको थियो । त्यहाँ ठाउँ नपुगेपछि तुल्सीलाल स्मृति भवनमा सरेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports