विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको कम्युनिस्ट आन्दोलनलाई सहयोग पुर्‍याउने १७ जना कम्युनिष्ट योद्धालाई सम्मान

598
shares

काठमाडौं । नेकपा एमालेले कम्युनिस्ट आन्दोलनलाई सहयोग पुर्‍याउने १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ । घोषणा पत्र सार्वजनिक गर्न भएको कार्यक्रममा एमालेले १७ जनालाई सम्मान गरेको हो ।

एमालेले पोखरा महानगरपालिका ६ कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसीराम मिश्र, काठमाडौं महानगरपालिका गमबहालकी नानीमैयाँ नकर्मी, मदन भण्डारीको चुनावी अभियानमा सहभागी हुने बेला भएको आक्रमणमा परेर अहिले मस्तिष्क पक्षघातले आक्रान्त गोरखाका कुमार गुरुङलाई सम्मान गरेको हो ।

यस्तै लतिपुरका चतुर व्यञ्जनकार, बागलुङ गलकोटका वसन्त गौचन, पहिले भारतीय कम्युनिस्ट पार्टीका सदस्य लिएर पछि नेपाली कम्युनिस्ट बने हरिप्रसाद शर्मा काफ्ले पनि सम्मानित भएका छ । एक दिनमा एक युग एकपटक आउँछ गीतका गायक रामकृष्ण दुवाल पनि सम्मानति भएका छन् ।

सिन्धुपाल्चोकका छत्र बोहोरा, शिक्षक आन्दोलनमा सक्रिया शिक्षक संगठनका पूर्वअध्यक्ष माधवप्रसाद अधिकारी, चुमकला बञ्जाडे, भैरहवा जेल ब्रेकमा सहयोग गरेकी लक्ष्मीराज जोशी, कञ्चनपुरमा जेल तोडेर ०२७ सालमा संगठन विस्तार गरेका झापा आन्दोलनका योद्धा १८ वर्ष जेल बसेका अमर कार्की, फोटो पत्रकार विष्णु डंगोल धनुषा, पार्टीलाई सेल्टर दिएको कुमारीदेवी महरा चमार झापाका भिमबहादुर खतिवडालाई पनि सम्मान गरिएको छ । एमाले महासचिव शंकर पोखरेलले कम्युनिस्ट योद्धा सम्मान कार्याक्रमलाई हरेक वर्ष निरन्तरता दिने जानकारी दिएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports