सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ताजा जनादेश लिन खोज्नु नै अग्रगमनकारी कदम

1K
shares

सरकारले पुस ५ गते प्रतिनिधिसभाको विघटनसँगै २०७८ बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गराउने निर्णय सार्वजनिक गरिसकेको छ । सरकारले त निर्वाचनको घोषणा गर्नेमात्र हो । निर्वाचन गराउने सम्वैधानिक भूकिामा निर्वाचन आयोग रहेको हुनाले निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको हो । तोकिएको समयमै निर्वाचन गराउनका लागि निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउने दायित्व सरकारको हो । निर्वाचन आयोगले समेत तोकिएको समयमै निर्वाचन गराउन सकिने अभिव्यक्ति दिँदै आएको छ । अझ उसले त एकै चरणमा समेत निर्वाचन गराउन सकिने बताउँदै आएको बेला सबै राजनीतिक दलहरुले निर्वाचनको तयारमिा लाग्नु नै उपयुक्त कदम हुन सक्छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्बोच्च अदालतको सम्वैधानिक इजलासमा रहेको भएपनि राजनीतिक दलहरुले त आ आफ्नो हैसियत कायम गर्न ताजा जनादेशकै लागि जानु उपयुक्त हुने होइन र ?

गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी एकीकरण भएका हुनाले उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभामा बहुमत ल्याएका थिए । संघीय संसदमा उनीहरुकै झण्डै दुई तिहाई मत रहेको र ७ प्रदेश मध्येका ६ वटा प्रदेशसभामा समेत उनीहरुकै बहुमत रहेको भएपनि त्यसलाई नेकपाले जोगाई राख्न सकेन । अहिले पार्टी अनौपचारिक रुपमा विभाजित भएको छ । अबको केही दिनभित्रमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा विभाजन हुने प्रायः निश्चित रहेको बेला सत्ताधारी दल बाहेकका अन्य राजनीतिक दलहरुलाई आ आफ्नो पक्षमा मत ल्याउने सुवर्ण अवसर सत्ताधारी दलभित्रको लडाईले उपलब्ध गराएको छ । एक किसिमले भन्ने हो भने आफूहलाई बैकल्पिक शक्ति भन्नेहरुलाई अहिले राजनीतिक चिठ्ठा नै परेको छ । तर त्यति हुँदा हुँदै पनि विघटित प्रतिनिधिसभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेस निर्वाचनमा जान डराईरहेको छ । अर्को राजनीतिक दल जनता समाजवादी पार्टीले समेत आफूलाई बैकल्पिक शक्ति हुँ भनिरहेको बेला किन ऊ जनतामा जन डराईरहेको छ । राजनीतिक दलहरुका लागि जनता नै न्यायाधिश हुन्, जनताले नै उनीहरुलाई हैसियत प्रदान गर्ने हुनाले उनीहरु जनतामा जान डराउनु हुँदैन । तर केही राजनीतिक दलका वरिष्ठ भनिने नेताहरु नै निर्वाचनको विरोधमा उत्रिएका छन् । केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेपछि राजनीतिक दलहरुलाई जनतामा जाने बाटो खुल्ला गरेको हुनाले संसद विघटन हुँदा पहाडै खस्यो भनेर रोई कराई गर्नुको कुनै अर्थ रहँदैन । जनताले नेकपालाई झण्डै दुई तिहाई मत दिएर पाँच वर्षसम्म स्थिर सरकार चलाउन आदेश दिएका थिए । नेकपा स्थिर सरकार सञ्चालन गर्न असफल सावित भएको छ । नेकपाभित्रको आन्तरिक द्वन्द्वको व्यवस्थापन गर्न नेकपा असफल भएपछि ऊ विभाजनको डिलमा पुगेको बेला नेकपा बाहेकका अन्य राजनीतिक दलहरुले त निर्वाचनको स्वागत गरी जनतामा जाने निर्णयको समर्थन गर्नुपर्ने होइन र ? राजनीतिक दलहरुले जनतालाई ढाँटेका र निर्वाचनका बेला जनतालाई दिएका झुठा आश्वासनहरु पुरा गर्न उनीहरु असफल भएका हुनाले राजनीतिक दलहरु जनतामा जान चाहिरहेका छैनन् । संविधानले नै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न भनेको छ । यदि साँच्चिकै नेपाली जनता सार्वभौमसत्ता सम्पन्न हुन् भने राजनीतिक दलहरु किन जनताकहाँ जान डराउने ? सार्वभौमसत्ता सम्पन्न भनिने नेपाली जनताले नै सबै समस्याहरुको समाधान गर्न सक्ने हुनाले अब राजनीतिक दलहरुले निर्वाचनको विरोध गर्नुभन्दा जनताकहाँ गएर ताजा जनादेश लिएर आउनु नै उपयुक्त हुनेछ । निर्वाचनको लागि सरकारलाई दबाब दिनु राजनीतिक दलहरुको धर्म र कर्तव्य समेत हो । सरकारले विभिन्न बहानाबाजी गरेर तोकिएको समयमा निर्वाचन नगराउन सक्छ त्यसैले निर्वाचन गराउन सरकारलाई दबाब दिँदै सबै राजनीतिक दलहरुले निर्वाचनमा जानु नै उपयुक्त हुनेछ । निर्वाचनबाटै सबै समस्याको समाधान हुन सक्ने भएकाले ताजा निर्वाचन नै अहिलेको पहिलो आवश्यकता हो ।

सर्बोच्च अदालतले दिने निर्णय भन्दा जनताले दिने निर्णय नै राजीतिक दलहरुका लागि मार्ग निर्देशन हुन्छ । जनताको आदेशलाई अदालतको आदेशले काट्न सक्ने सम्भावना नै हुँदैन । लोकतन्त्रमा जनता नै न्यायाधिश हुन् । जनताको आदेशलाई अदालतले समेत स्वीकार गर्नुपर्दछ । त्यसैले जनतालाई सार्वभौमसत्ता सम्पन्न भनिएको हो । नेपाली जनता साँच्चिकै सार्वभौमसत्ता सम्पन्न रहेछन् कि रहेनछन् भन्ने बेला अहिले प्रमाणित हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दा उनी संसदमा बहुमत प्राप्त प्रधानमन्त्री थिए । प्रधानमनत्रीका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थिएन, उनलाई संसदीय दलको नेताबाट हटाइएको थिएन । मुलुकको कार्यकारी प्रधानमन्त्रीले आफू बहुमतमा रहँदा रहँदै ताजा जनादेश लिन जान्छु भन्नु कुनै अर्थमा पनि प्रतिगमन हुन सक्दैन । जहाँसम्म बैकल्पिक सरकार बन्न सक्छ भन्ने तर्क प्रस्तुत गरिने गरिएको छ, त्यो तर्कमा कुनै दम देखिँदैन किन भने सत्ताधारी दलसँग १७४ सांसद रहेका र विपक्षीसँग १०१ मात्र सांसद रहेको अवस्थामा सरकार निर्माणका लागि आवश्यक पर्ने १३८ सांसदको व्यवस्था कहाँबाट हुन्छ ? सत्ताधारी दल औपचारिक रुपमा विभाजित नभएको अवस्थामा बैकल्पिक सरकार बन्ने अवस्था नै रहँदैन, त्यसैले गर्दा अहिलेको अवस्थामा ताजा जनादेश नै उपयुक्त विकल्प हुनसक्छ ।

जनताको ताजा जनादेश लिन्छु भन्ने प्रतिगमनकारी हुने अनि निर्वाचन हुनु हुँदैन भन्नेहरु चाँहि अग्रगमनकारी हुने यो कहाँको नियम र व्यवस्था हो ? प्रजातन्त्रको जननी भनिने बेलायतमा लिखित संविधान नै छैन । तर पनि त्यहाँ हालै निर्वाचन सम्पन्न भएको छ । त्यहाँका प्रधानमन्त्रीले बेलायत युरोपियन युनियनबाट बाहिर आउँदा बेलायतलाई फाइदा हुने भएकाले त्यसलाई अनुमोदन गर्न ससद समक्ष आग्रह गर्दा संसदले अस्वीकार गरेपछि प्रधानमन्त्रीले संसद नै विघटन गरेर ताजा जनादेशका लागि गएका र आफ्नो मुद्दालाई जनतासामु लगेका थिए । जनताले संसदले अस्वीकार गरेको मुद्दालाई स्वीकार गर्दै प्रधानमन्त्रीको पार्टीलाई बहुमत दिएको थियो । त्यही निर्णयका आधारमा बेलायत युरोपियन युनियनको संगठनबाट बाहिर आएको इतिहास ताजै रहेको अवस्थामा प्रधानमन्त्री ओलीले ताजा जनादेश लिन्छु भन्नु जनताको सम्मान हो । जनताको ताजा जनादेश लिन्छु भनेर निर्वाचनको मिति नै तोकिसकेकाले जनताको मत लिन जाँदैनौँ भन्नु प्रतिगमनकारी कदम हो भन्ने हामीले ठानेका छौँ । त्यसैले निर्वाचनमा जाऔं ताजा जनादेश लिऔँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports