२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेमा पूर्व राष्ट्रपति भण्डारी दोस्रो वरियाता क्रममा

130
shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले ११ औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी केन्द्रीय सदस्यहरू मनोनीत गरेको हो।

केन्द्रीय सदस्यहरू मनोनीतसँगै पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको महासचिव शङ्कर पोखरेलले बताए ।बैठकले ७ जना स्थायी कमिटी सदस्य चयन गरेको छ । स्थायी कमिटीमा चयन भएकाहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फ, लालबाबु पण्डित र थममाया थापा रहेका छन् ।

यस्तै बैठकले काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।यस्तै, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फ, कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोला रहेका छन् ।

बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टीको उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी हो भन्ने कुरा तेस्रो केन्द्रीय कमिटीमा पनि प्रकट भएको औँल्याउँदै सबै केन्द्रीय कमिटी सदस्यहरूप्रति आभार व्यक्त गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports