२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी डलरको मूल्य बढयो : यस्तो छ आज शुक्रवारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

221
shares

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो पाउन्डसहित कतिपय मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।हिजो पनि अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य बढ्दा अस्ट्रेलियन डलर, युरो पाउन्डसहितका विदेशी मुद्राको मूल्य घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा थियो।गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १७ पैसा थियो।आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा थियो।त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ९७ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०८ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १२ पैसा थियो।त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports