२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज शुक्रवार यी स्थानमा हुन सक्छ अति भारी बर्षा, हावाहुरीको पनि सम्भावना

104
shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ ।

यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर-पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका अधिकांश तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग, कर्णाली प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानका साथै मधेस प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।

लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाको पूर्वानुमन छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports