नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

481
shares

काठमाडौं ।बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् ।

सलमानको घर बाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङ बाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घर बाहिर साइक्लिङमा निस्किएका थिए । जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।

यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्र मार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीले जनाएको छ । तीन जना व्यक्ति उक्त पत्र पुर्‍याउन राजस्थान देखि मुम्बई पुगेको समेत प्रहरीले जनाएको छ । ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेल सँगको सोधपुछमा यो कुराको खुलासा भएको उल्लेख छ । ती तीन जनालाई पहिचान भइसकेको र पक्राउको तयारी भइरहेको समेत मुम्बई प्रहरीले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports