kumari
stcnepal

ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

काठमाडौं ।बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् ।

सलमानको घर बाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङ बाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घर बाहिर साइक्लिङमा निस्किएका थिए । जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।

यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्र मार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीले जनाएको छ । तीन जना व्यक्ति उक्त पत्र पुर्‍याउन राजस्थान देखि मुम्बई पुगेको समेत प्रहरीले जनाएको छ । ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेल सँगको सोधपुछमा यो कुराको खुलासा भएको उल्लेख छ । ती तीन जनालाई पहिचान भइसकेको र पक्राउको तयारी भइरहेको समेत मुम्बई प्रहरीले जनाएको छ ।

 

footer