२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

असोज १८ गते नेपाली काग्रेसको १५औ महाधिबेशन खुल्लामञ्चमा उद्घाटन हुने

91
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि असोज १६ गतेदेखि हुने तय थियो। २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिएका हुन्। ‘नेपाली कांग्रेस १५ औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै बीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ ।

यस परिस्थितिलाई मध्येनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ः०० बजे खुलामञ्चमा हुने जानकारी गराइन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports