२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला, अझै ४ हजार ७१८ जना सम्पर्क बिहीन

442
shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सोमबार साँझ ५ बजेसम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा ती शव फेला परेका हुन्।

फेला परेका शवमध्ये रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ। त्यस्तै काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीपछि फेला परेका शवको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाएको छ। हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३० तथा आफन्तका २ हजार ६५ गरी कुल ३ हजार ३ सय ९५ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। यसैबीच, बाढीपछि अझै ४ हजार ७ सय १८ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार २ सय ८३ जनालाई राखिएको छ।

विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको अवस्थामा सुरक्षाकर्मीहरूले शव खोजी तथा पहिचान, उद्धार, राहत वितरण र बेपत्ता व्यक्तिको खोजीलाई निरन्तरता दिएका छन्। प्रहरीका अनुसार खोजी तथा उद्धारसँगै पहिचान हुन बाँकी शवको विवरण संकलन र डीएनए परीक्षण प्रक्रियालाई समेत प्राथमिकतामा राखिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports