२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला, ४ हजार ७१८ जना बेपत्ता

143
shares

काठमाडौँ । भोटेकोशी बाढीमा बेपत्तामध्ये मङ्गलबारसम्म एक हजार ४ सय ५४ जनाको शव फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तत्थ्याङ्कअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासीमा २ सय २२ जनाको शव फेला परेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ७ सय १८ जनाको खोजी कार्य भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports