देशका लागि ७४ वर्षे भक्ति थापापछि ७४ वर्षे ज्ञानेन्द्र शाह लड्नुपर्ने हो ?
वि.सं.२०७८ जेठ २० बिहीवार १४:२८
shares

राजन कार्की
देशका लागि ज्ञानेन्द्र शाह लड्न तयार होलान् ?A जनता नेतृत्व खोजिरहेका छन्, त्यो नेतृत्व बन्न र दिन ज्ञानेन्द्र शाह अघि सर्लान् ? उत्साह छ, जिज्ञासा छ, ज्ञानेन्द्र शाह मौन छन् ।
परिवर्तन गर्छु भन्नेहरु पग्लदै गए, आत्मरतीमा स्खलित हुँदै गए । देश बचाउने दायित्व कसैले नलिएपछि देशको भार उठाउनै पर्ने वाध्यता बुढा ज्ञानेन्द्र शाहका सामु आइसक्यो ।
१९४७ मा जन्मेका राजा ज्ञानेन्द्र ७४ वर्षका भए । भर गरेका बुढा नेताहरुले सकेनन्, देशलाई खोक्रो बनाइसकेपछि जनता बुढा राजातिर हेर्न थालेका छन् ।
७४ वर्षका भक्ति थापा खुकुरी उचालेर अंग्रेजसँग युद्ध गर्न नालापानी उत्रेका थिए । देशका लागि भक्ति थापा अमर छन् । अब देशका लागि अमर हुने पालो ज्ञानेन्द्र शाहको आएजस्तो छ ।
नेपाल निर्माण गर्ने राजशक्ति मरिसकेको छैन । राजा आवधिक निर्वाचनबाट आउने र जाने संस्था पनि होइन । जति हिन्दुधर्मप्रतिको अगाध आस्था छ, त्यत्ति नै राजसंस्थाको पनि मान छ । यो शक्ति भनेको अजेय शक्ति हो । यो शक्तिलाई देशी विदेशी शक्तिले किनारा लगाएका हुन्, निमिट्यान्न पार्न सकेनन् । जसले राजशक्तिलाई किनारा लगायो, हिन्दु धर्मलाई पन्छाउने साजिस गरे, ती शक्ति आज सडकका धूलामैला बनेका छन् । तिनको जुन उत्साह थियो, त्यो मरिसकेको छ । तिनको जेजस्तो आकर्षण थियो, त्यो पानीको फोकाजसरी फुटिसकेको छ । ती परिवर्तनकारी शक्ति भनेका स्वार्थका झुण्ड रहेछन्, अनाहकमा जनताका छोराछोरी मारेर सत्तामा जाने साजिस गरेका रहेछन् भनेर जोकसैले भनिरहेका छन् ।
नेपाल निर्माण गर्ने राजशक्ति मरिसकेको छैन । राजा आवधिक निर्वाचनबाट आउने र जाने संस्था पनि होइन । जति हिन्दुधर्मप्रतिको अगाध आस्था छ, त्यत्ति नै राजसंस्थाको पनि मान छ ।
यसकारण राजसंस्थाको जयजयकार भइरहेको हो । राजसंस्था चाहियो भनेर जनता सडकमा निस्केका हुन् । जनताले कुनै नेताको जयजयकार गरिरहेका छैनन्, नेपालको झण्डा बोक्ने यिनै जनता हुन्, जो सक्कली देशभक्त हुन् ।
र, नेपाली सेना जहिले पनि नेपाली झण्डाको मुनी संगठित संस्था बनेर रहेको छ । यही संस्थामा छ जनताको आस्था, भरोसा र विश्वास । देशका लागि निर्विकल्प, विवादरहित संस्था भनेकै नेपाली संस्था हो । यो संस्थाको काँधमा देशको बर्बादीलाई रोक्ने कार्य आइसकेको छ ।
राजसंस्था र नेपाली सेनाले देशको इज्जत बचाउन सक्छन् । आज विश्वमा नेपाल भनेको भ्रष्टाचारी र नैतिकहीनहरुले चलाएका छन् भन्ने बदनाम भइसकेको छ । जनताको हक र अधिकार केही नेताहरुले कब्जा जमाएका छन् भनेर लोकतन्त्रको बेइजत गर्ने कार्य पनि यिनै नेताहरुले गरिरहेका छन् । यसकारण पनि राजसंस्था र नेपाली सेनाले वीरताको गाथालाई कलङ्कित हुनबाट जोगाउनु पर्छ ।
विश्वमा सबैभन्दा जेठा ५ मुलुकमध्येको एक हो नेपाल । नेताका कारण, सत्ताको हानाथाप र अनेक कारणले नेपाल विकासका मामिलामा पछाडि परेको छ । तर अहिलेसम्म नेपाल कहिल्यै पराश्रित नबनेको मुलुक हो । यस्तो भर्जिन मुलुकलाई केही नेताहरुले विदेशीको लहै लहैमा लागेर बदनाम गरे । सत्ता स्वार्थ पूरा गर्न नेपाली जनतामाथि विश्वास घात गरे । जे जति भ्रम छरिएको थियो, ती भ्रम अब बादल फाटेजसरी फाटिसकेका छन् । जनताले यथार्थ बुझिसकेका छन् । अब किनारा लगाइएको राजशक्ति र व्यवसायिकतामा पारङ्गत नेपाली सेनाले यो देशलाई बास्तविक लोकतान्त्रिकरणतिर लैजानुपर्छ ।
नेताका कारण, सत्ताको हानाथाप र अनेक कारणले नेपाल विकासका मामिलामा पछाडि परेको छ । तर अहिलेसम्म नेपाल कहिल्यै पराश्रित नबनेको मुलुक हो । यस्तो भर्जिन मुलुकलाई केही नेताहरुले विदेशीको लहै लहैमा लागेर बदनाम गरे ।
अन्यथा नेपाल सिक्किमकरणतिर जानेछ । नेपाल स्वतन्त्र थियो, स्वतन्त्र छ र स्वतन्त्र रहिरहनेछ । किनकि नेपालीहरुसँग राजसंस्था र नेपाली सेना छ ।
पञ्चायत ठिक भएन भनेर बहुदलको टेस्ट ग¥यौं । बहुदल पनि ठिक भएन भनेर लोकतन्त्र ल्यायौं । ०४७ सालको संविधान बेठीक भयो भनेर ०७२ सालको संविधान पनि जारी ग¥यौं । तर हलो काटेर मुङ्ग्रो बनाइएछ । ५ खर्ब खर्च गरेर निर्माण गरेको नयाँ संविधान विधि हो कि कागजको खोस्टो ? संविधान बनाउनेहरु नै जिल्लाराम छन् । संविधानलाई न जनताले अपनत्व ग्रहण गर्न सके, न संविधान कार्यान्वयन नै भयो । केही नेता सत्तामा पुगे, आलोपालो सत्ता चलाए, यही अभ्यासलाई यिनले संविधान कार्यान्वयन भनेका छन् । यथार्थमा यो संविधानको कुरुप दृश्य संसदको असफलता, सडक र शितल निवासमा देखिएका गाईजात्रा र अदालतमा परेका मुद्दाहरुबाट प्रष्ट भइसकेको छ ।
जनताले खोजे म यहीँ छु भनेका हुन् जनआस्थाका राजाले । देशको भार लाग्ला भनेर सबैलाई बेला बेलामा सचेत गराएका पनि हुन् आस्थाका राजाले । त्यो जनआस्थाका राजा यतिबेला कहाँ छन् ? के गर्दैछन् ? जनता अक्सिजन नपाएर मरिरहेको बेलामा, अस्पतालको बेड र उपचार नपाएर अकालमा ज्यान फाल्न बाध्य भइरहेका बेलामा आस्थाका राजा देखिनुपर्छ कि पर्दैन ?
नेपाली सेनाले सीमामा रहेर जनसेवा गरिरहेको छ । अक्सिजनको जोहो, अक्सिजन पु¥याउने प्रवन्ध, उद्धारकार्यमा पनि सेना जुटेको छ । देशको अन्तिम शक्तिले यतिमात्र गरेर पुग्दैन । किनकि कोभिड महामारी र राजनीतिक झगडाले देश र जनता, पद्धति र नीति कोमामा गइसक्यो । यतिबेला आस्थाको सेना अगाडि आउनैपर्छ ।
नेपाली सेना भनेको अनुशासन हो । जिम्मेवारी हो । कर्तव्यको पालना हो । नेपाली सेना राजनीति होइन, गुट अथवा विवाद पनि होइन । नेपाली सेना देश र जनताको अपेक्षाको समाधान हो । यसकारण नेपाली आस्था हो सेना ।
सबैले देखेका छन् राजनीति असफल भयो । संविधानले समाधान दिन सकेन । संविधान सत्ता विवादको माखेसाङ्ग्लो बनेर आफै नोज डाइभ गरिरहेको छ । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सन्निपात लागेर पक्षाघातको अवस्थाम ापुगिसक्यो । अब अन्तिम उपचार भनेको कोरामिन हो ।
कोरामिनको अर्को नाम जनआस्थाको शिखरमा रहेको नेपाली सेना र राजसंस्था हो । यस्तै बेलामा कोरामिन हाल्नुपर्ने हो राजनीतिक नेताहरुलाई । यिनीहरुले देश र जनताको रगत यति धेरै चुसे कि यिनीहरु यतिबेला जिम्मेवारी, जवाफदेही पन्छाएर बान्ता गरिरहेका छन् । यिनीहरुले कोभिडको महामारी, भ्रष्टाचारको महाविपत, अनुशासनहीनताको पराकाष्ठामा आफूलाई होमेर जनता मारिरहेका छन् । देश र जनता बचाउने यिनमा न अक्किल छ, न हिम्मत ? अब जनताप्रतिको जिम्मेवारी बहन गर्ने दायित्व नेपाली सेना र आस्थाका राजाको काँधमा आइसकेको छ ।
देश र जनता बचाउनु प¥यो, अन्यथा नेपाल र नेपाली जोखिमबाट अस्तित्वकोसंकटमा पर्नेछन् । नेपालक यी अजय आस्था छ अझै । यसकारण मरिरहेका जनता चिच्याइरहेका छन्– बचाउ । बचाउ । बहादुर बाँच्ने कर्मले हो । राजा र नेपाली सेना १६१६ पछि एकाकार भएर नेपाल निर्माण गरेका हुन् । त्यो आर्जित बहादुरी आज कोभिड र भ्रष्टाचारका भाइरसहरुले सखाप पारिरहेका छन् । बचाउने दायित्व पुनः इतिहासले एकपल्ट फेरि राजा र सेनाको काँधमा हालिदिएको छ ।
यो यक्ष सवालको जवाफ राजा र सेना हो । अर्को कुनै उपाय छैन देश र देशवासीलाई बचाउने । यसकारण मौनता चिर्नुप¥यो, जनताका साथमा देखिनुप¥यो । प्रभावशाली, प्रभावकारी रुपमा देखिनु प¥यो ।
राजा र सेना किन मौन छन् ? यो जनजिज्ञासा मेटिनु प¥यो ।































