सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बल्ल भट्टराई ठिक ठाउँमा आए

481
shares

काठमाडौं । माओवादीमा नटिकेका डा.बाबुरामले नयाँ पार्टी खोले, त्यसलाई चलाउन सकेनन् । उपेन्द्र यादवकोमा पुगे र उपेन्द्रसँगै जसपामा रहेका नेता डा.बाबुराम भट्टराई त्यो पार्टी पनि टुक्य्राउने तयारीमा छन् । जसपामा ठाकुर र उपेन्द्रको दुई गुट भइसक्यो, अब टुक्रिन मात्र बाँकी छ ।
ती बाबुरामले जेठ १९ गते राजा वीरेन्द्रको हत्या भएको २० वर्ष पछि आएर बल्ल मुख खोलेका छन्– राजपरिवारको हत्या रहस्य निष्पक्ष छानविन गर्न आयोग गठन गरौं, सदाका निम्ति यो विवादको अन्त्य गरौं ।
यति काम उनी आफै प्रधानमन्त्री भएका बेलामा पनि गर्नसक्थे तर, गरेनन् । अहिले आएर उनले किन बोले त्यो आफैमा आश्चर्य हो तर जे बोलेका छन्, त्यो सही बोलेका छन् । हरेक मान्छेको मनमा अहिले पनि चिसो छ । किन न्यायिक छानबिन गरेर दरवार हत्याकाण्डको रहस्यको छिनोफानो नगर्ने ? डा.बाबुरामकै शव्दमा– ‘राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानविन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गरौं ! राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृंखला चलि रहनु हाम्रो लोकतान्त्रिक गणतन्त्र निम्ति शोभनीय हैन । राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानविन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गरौं !’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports