सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशविरोधी जो कसैलाई थचार्छ सेनाले

533
shares

राजन कार्की
२०६५ साल भदौ २ गते जनयुद्धका कमाण्डर प्रचण्ड प्रधानमन्त्री बने । डेपुटी कमाण्डरहरू नन्दकिशोर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणी खनालले भने– नेपाली सेनाको माओवादीकरण यो सरकारको पहिलो प्राथमिकता हो । नेपाली सेना बिघटन गरी माओवादी सेनासहितको नयाँ सेना बनाउनुपर्छ । (कान्तिपुर–२०६५ असोज १९) । वर्षमान पुनले ठूलै स्वरमा गर्जिएका थिए– रक्षा मन्त्रालय हामीसँगै राख्छौं, धेरैभन्दा धेरै माओवादी लडाकु सेनामा एकीकृत गर्नुछ । कांग्रेस सरकारमा जाने कुरा थियो– प्रचण्डले रक्षा मन्त्रालय हामीलाई नै चाहिन्छ भनेर अड्डी लिएपछि कांग्रेसले भन्यो– माओवादी घूसपैठले नेपाली सेना ध्वस्त पारिदैछ । (साउन २७ का हिमालय टाइम्स र अन्य पत्रपत्रिका)
प्रचण्ड सरकारले ६ जना जर्नेललाई अवकाश दियो र प्रधानसेनापति रुकमांगद कटवाललाई स्पष्टिकरण सोधेर हटाउने सहमति दिएर एमाले अध्यक्ष झलनाथ खनाल चीन भ्रमणमा निस्किए । (२०६५ चैत १३ का पत्रिकाहरु)
अचम्म त के भयो भने ६ जर्नेलको अवकाशलाई अदालतले गलत ठहर गरिदियो । दिल्लीको फोन बेइजिङमा रहेका झलनाथ खनाललाई गयो र खोसिएका भनिएका कटवालले वालुवाटारदेखि जंगीअड्डासम्म सेनालाई अलर्ट पारिदिए ।
सेनाले चाहे कुनै पनि अतिवादका विरुद्ध हर्कतमा आउन सक्ने नजीर स्थापित हुनपुग्यो ।
२०६६ वैशाख २० गते प्रधानमन्त्री क्वार्टरमै बोलाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाइएको चिठी मुख्यसचिव लीलामणि पोखरेलले दिएका थिए । एमालेका अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, गृहमन्त्री बामदेव गौतम र स्वयम् प्रधानमन्त्री प्रचण्डले त्यतिबेला तोरीको फूल देखे जतिबेला राष्ट्रपति डा.रामवरण यादवले आफैले सही गरेको पत्रमार्फत रुक्मांगद कटवाललाई प्रधानसेनापति पदमा निरन्तर बहाल रहन आदेश दिए । कांग्रेसका सभापति कोइरालाले राष्ट्रपतिको कदमको सह्राहना गरे ।
माओवादीका नेता डा.बाबुराम भट्टराई, अनन्त, बलदेवहरूले राष्ट्रपतिको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने बताएपछि राष्ट्रपतिको बोल्ड भनाइ सार्वजनिक भयो– प्रधानमन्त्रीजस्तै म पनि निर्वाचित हुँ । सिंहदरवारमा बत्ती निभे पनि राष्ट्रपति कार्यालयमा बत्ती निभ्दैन । म आलङ्ककारिक होइन, संवैधानिक राष्ट्रपति हुँ । (२०६६ वैशाख १६ का पत्रपत्रिकाहरू)
फेस सेभिङ्ग गर्दै माओवादीबाट पानी पानी भएको अभिव्यक्ति आउन थाल्यो– भारत र अमेरिकाको ठूलै दबाब आयो भनेर प्रचण्डले राजीनामा दिए । सडक आन्दोलन फासफुस हुनपुग्यो ।
अर्थात्, देश र जनताका लागि संगठित नेपाली सेनाको जरो बलियो छ । नेपाली सेनाको व्यवसायिक ताकत व्यापक छ । नेपाली सेना यस्तो संगठन हो, जसलाई १० वर्ष जनयुद्ध गरेको शक्तिले पनि हल्लाउन सकेन ।
विश्वशान्तिका लागि अलग्गै पहिचान बनाइसकेको नेपाली सेना त्यो सेना हो, जसले नोबेल पुरस्कार ग्रहण गर्दा राष्ट्रसंघका महासचिव कोफी अन्नानले नेपाली सेनालाई साथमै राखेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाका मार्शल किम जोङ् उनसँग दुईपल्ट शिखर वार्ता गर्दा सुरक्षा गर्ने गोर्खा सेना थियो ।
गोर्खालीको रगतमै इमान छ । उत्तरदायित्व र जवाफदेही पनि छ । नेपाली सेना भनेकै गोर्खा सेनाको विकसित स्वरुप हो । जर्नेल प्रेम सिंह बस्नेतका अनुसार बि.सं. १६१६ मा भगीरथ पन्तलाई सेनापति (काजी) बनाएर नेपाली सेनाको स्थापना भएको हो ।
नेपाली सेना यसकारण नेपाल र नेपालीको सुरक्षा कवच थियो, छ र बनिरहनेछ ।
२०६३ सालपछि भाँडिएको राजनीतिले अराजकता देखाउन थालेको छ । राजा र हिन्दुराष्ट्र किनारा लगाएपछि थिति बिग्रिएको छ । बिगार्नेहरू आफै बिग्रिए, सुधार्ने प्रयास कसैबाट पनि सम्भव देखिएन ।
यसकारण त्यो संगठित शक्ति र राजतन्त्रवादले दायित्ववोध सम्झनै पर्ने अवस्था आएको छ । नेपाली सेनाका प्रधानसेनापतिले जेठ २३ गते राजनीतिक अराजकताबारे सेना अवगत छ भन्नु पनि राजनीतिलाई सुध्रने चेतावनी हो । राजतन्त्रवादले पनि देशको खस्किदो हालका विषयमा चिन्ता र चासो लिएको अनुभूति सबैले गरेकै छन् ।
जनताले खोजे म यहीँ छु भनेका हुन् जनआस्थाका राजाले । देशको भार लाग्ला भनेर सबैलाई बेला बेलामा सचेत गराएका पनि हुन् आस्थाका राजाले । त्यो जनआस्थाका राजा यतिबेला कहाँ छन् ? के गर्दैछन् ? जनता अक्सिजन नपाएर मरिरहेको बेलामा, अस्पतालको बेड र उपचार नपाएर अकालमा ज्यान फाल्न बाध्य भइरहेका बेलामा आस्थाका राजा देखिनुपर्छ कि पर्दैन ?
नेपाली सेनाले सीमामा रहेर जनसेवा गरिरहेको छ । अक्सिजनको जोहो, अक्सिजन पु¥याउने प्रवन्ध, उद्धारकार्यमा पनि सेना जुटेको छ । देशको अन्तिम शक्तिले यतिमात्र गरेर पुग्दैन । किनकि कोभिड महामारी र राजनीतिक झगडाले देश र जनता, पद्धति र नीति कोमामा गइसक्यो । यतिबेला आस्थाको सेना अगाडि आउनैपर्छ ।
नेपाली सेना भनेको अनुशासन हो । जिम्मेवारी हो । कर्तव्यको पालना हो । नेपाली सेना राजनीति होइन, गुट अथवा विवाद पनि होइन । नेपाली सेना देश र जनताको अपेक्षाको समाधान हो । यसकारण नेपाली आस्था हो सेना ।
सबैले देखेका छन् राजनीति असफल भयो । संविधानले समाधान दिन सकेन । संविधान सत्ता विवादको माखेसाङ्ग्लो बनेर आफै नोज डाइभ गरिरहेको छ । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सन्निपात लागेर पक्षाघातको अवस्थाम ापुगिसक्यो । अब अन्तिम उपचार भनेको कोरामिन हो ।
कोरामिनको अर्को नाम जनआस्थाको शिखरमा रहेको नेपाली सेना र राजसंस्था हो । यस्तै बेलामा कोरामिन हाल्नुपर्ने हो राजनीतिक नेताहरुलाई । यिनीहरुले देश र जनताको रगत यति धेरै चुसे कि यिनीहरु यतिबेला जिम्मेवारी, जवाफदेही पन्छाएर बान्ता गरिरहेका छन् । यिनीहरुले कोभिडको महामारी, भ्रष्टाचारको महाविपत, अनुशासनहीनताको पराकाष्ठामा आफूलाई होमेर जनता मारिरहेका छन् । देश र जनता बचाउने यिनमा न अक्किल छ, न हिम्मत ? अब जनताप्रतिको जिम्मेवारी बहन गर्ने दायित्व नेपाली सेना र आस्थाका राजाको काँधमा आइसकेको छ ।
देश र जनता बचाउनु प¥यो, अन्यथा नेपाल र नेपाली जोखिमबाट अस्तित्वकोसंकटमा पर्नेछन् । नेपालक यी अजय आस्था छ अझै । यसकारण मरिरहेका जनता चिच्याइरहेका छन्– बचाउ । बचाउ । बहादुर बाँच्ने कर्मले हो । राजा र नेपाली सेनाले नेपाल निर्माण गरेका हुन् । त्यो आर्जित बहादुरी आज कोभिड र भ्रष्टाचारका भाइरसहरुले सखाप पारिरहेका छन् । बचाउने दायित्व पुनः इतिहासले एकपल्ट फेरि राजतन्त्रवाद र सेनाको काँधमा हालिदिएको छ ।
समय आयो, सेना र राजतन्त्रवादले मौनता चिर्नुप¥यो, जनताका साथमा देखिनुप¥यो । अन्यथा पहिरो लस्कदैछ, रोक्न नसकिए केही बाँकी नरहन सक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports