प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतमा दर्ता भएको साहको निवेदन न्यायाधीश नहकुल सुवेदीको इजलासमा

637
shares

काठमाडौं । उच्च अदालतको न्यायाधीश बाट बर्खास्तमा परेकी रेणुका साह कानूनी उपचारका लागि सर्वोच्च अदालत पुगेकी छन् । आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको दावी सहित उनले न्यायपरिषदको सिफारिस र त्यसका आधारमा कायम मुकायम प्रधानन्यायाधीशले गरेको निर्णय बदरको माग गरेकी छन् । गत विहीबार सर्वोच्च अदालतमा दर्ता भएको साहको निवेदन न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

न्यायाधीश साहले आफूलाई गलत ढंगले र गैरकानूनी रुपमा पद बाट बर्खास्त गरिएको आरोप लगाएकी छन् । उनले न्यायपरिषदका अध्यक्ष एवं कामू प्रधानन्यायाधीश, न्यायपरिषदका बरिष्ठतम सदस्य रहने कानूनमन्त्री अनि न्यायपरिषदका सदस्यहरुलाई विपक्षी बनाएकी छन् ।

सीटीईभीटीमा २० वर्ष कार्यरत रहँदा कानून र न्याय सँग सम्बन्धित काम नगरेको तथा त्यो अवधिमा वकालत गरेका कुनै प्रमाण पनि पेश गर्न नसकेकाले आफ्नो अयोग्यता लुकाएको न्यायपरिषदको ठहरसहित उनी बर्खास्तमा परेकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports