रास्वपा महाधिवेशन : २ हजार ९५९ मत खस्यो, केहीबेरमा मतगणना
वि.सं.२०८३ असार ११ बिहीवार १३:२४
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ ।
केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो । अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै पदाधिकारीको पनि मतदान गरिने जनाइएको छ ।खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको मतदान हुने नेता मनिष झाले बताए ।


































