विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले छाडेका गंगाराम यादव जसपा प्रवेश

689
shares

जनकपुरधाम ।तीन दिनअघि नेकपा एमाले छाडेका गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाएर पार्टीमा प्रवेश गराए । धनुषा–२ का प्रभावशाली नेता गंगाराम एमालेको केन्द्रीय सल्लाहकार समिति सदस्य थिए । गंगारामलाई धनुषाको डुमरियामा बिहीबार जसपाले पार्टी प्रवेश कार्यक्रम गरी पार्टीमा स्वागत गरेको हो ।

सो क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराएपछि गंगाराम असन्तुष्ट बनेका थिए । उनले पार्टी सिद्धान्त विचार भन्दा बाहिर गएर व्यक्तिवादी ढंगले सञ्चालन भइरहेको भन्दै गत असोज १० गते एमाले परित्यागको घोषणा गरेका थिए ।

उनी २०३६ साल देखि नै एमालेको राजनीतिमा सक्रिय थिए । जसपाले उनलाई क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने आश्वासन दिएर ल्याएको स्रोतले बताएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनमा भागवण्डा मिलेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports